फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी र अबुधाबीका युवराज शैख मोहमदबीच भेट-वार्ता

(GMT+08:00) 2018-07-22 15:10:15

अबुधाबीका युवराज शैख मोहमद बिन जायेद अल नाह्यानको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ जुलाई बीस तारिख राति युवराजको भवनको अवलोकन भ्रमण गर्नुभयो। सो अवसरमा दुवै पक्षले चीन र अबुधाबी बीचको सम्बन्ध तथा साझा चासो रहेका समस्याबारे गहन छलफल गर्नुभएको छ।

चीनका राष्ट्राध्यक्ष सीले चीन र अबुधाबी बीचको सम्बन्ध परम्परागत मित्रता रहेको बताउँदै सन् 2015 मा अबुधाबीका युवराजद्बारा चीनको भ्रमणका अवसरमा चीन र अबुधाबी बीच विकासबारे दीर्घकालीन योजना बनेको बताउनुभयो। उहाँले यस पटकको भ्रमणमा व्यापक सहमति भएको भन्दै दुवै पक्षले चौतर्फी रुपमा सहयोगलाई सबल पार्ने औँल्याउनुभयो।

युवराज शैख मोहमद बिन जायेद अल नाह्यानले राष्ट्राध्यक्ष सीलाई स्वागत गर्दै उहाँको भ्रमणले धेरै महत्वपूर्ण अर्थ राखेको र अबुधाबीले चीनसँग विभिन्न किसिमको महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्ने र विभिन्न क्षेत्रको सहयोगलाई अगाडि बढाउने आशा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु