फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा सेनेगलको राजकीय भ्रमण शुरू

(GMT+08:00) 2018-07-22 15:10:43

जुलाई २१ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले डाकार पुग्नुभई सेनेगलको राजकीय भ्रमण शुरू गर्नुभएको छ। सेनेगलका राष्ट्रपति म्याकी सालले राष्ट्राध्यक्ष सीलाई भव्य स्वागत गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चीन सरकार तथा चिनियाँ जनताको तर्फबाट सेनेगल सरकार तथा जनतालाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। सीले आफू राष्ट्राध्यक्ष भएपछि अफ्रिकामा पुगेको चोथौँ पटक भएको पनि उल्लेख गर्नु भयो। सेनेगल उहाँको यो अफ्रिका भ्रमणको पहिलो गन्तव्य हो र राष्ट्राध्यक्ष सम्हालेपछि भ्रमण गर्नुभएको पहिलो पश्चिम अफ्रिकी मुलुक पनि हो। सीले भन्नुभयो चीन र सेनेगल राम्रा साथी तथा साझेदार हुन् र सन् २०१६ मा आपसी चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापित भएपछि सम्पन्न प्रशस्त मतैक्यको कार्यान्वयन गर्ने क्रममा दुई देशका जनताले व्यावहारिक लाभ प्राप्त गरिरहेका छन्।

सेनेगलका राष्ट्रपति म्याकी सालले अफ्रिकी भ्रमणको पहिलो स्थानका रुपमा सेनेगललाई बनाउनु भएर चीनले चीन-सेनेगल सम्बन्धमा ठूलो महत्व दिएकोमा खुशी प्रकट गर्नुभयो। राष्ट्राध्यक्ष सीको भ्रमणबाट सेनेगल-चीन र अफ्रिका-चीन सम्बन्धको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि राष्ट्रपति सालले गर्नुभएको छ।

संयुक्त अरब इमिरेट्सको राजकीय भ्रमणपछि राष्ट्राध्यक्ष सी डाकार पुग्नुभएको हो। त्यसपछि राष्ट्राध्यक्ष सीले रूवान्डा, दक्षिण अफ्रिकाको पनि राजकीय भ्रमण गर्नुहुने छ। साथै उहाँले दक्षिण अफ्रिकामा आयोजना हुने ब्रिक्स मुलुक नेतागणको दशौँ वार्तामा भाग लिनुहुने छ। त्यसपछि उहाँले मौरिससको पनि मैत्रीपूर्ण भ्रमण गर्नुहुने छ।

जानकारी तथा लेखहरु