फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी तथा सेनेगलका राट्रपति साल बीच भेटवार्ता

(GMT+08:00) 2018-07-22 15:12:39

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई २१ तारिख डाकारमा सेनेगलका राष्ट्रपति म्याकी सालसँग भेट-वार्ता गर्नुभएको छ। वार्तामा दुई देशका राष्ट्रनायकहरूले बितेका वर्षहरूमा चीन-सेनेगल सम्बन्धमा हासिल भएको ठूलो प्रगतिको उच्च मूल्याङ्कन गर्दै विभिन्न क्षेत्रमा हुने सहयोगमा अझ प्रभावकारी बनाउँदै आपसी सम्बन्धको उज्ज्वल भविष्य सिर्जना गर्ने सहमति पनि जनाउनुभएको छ।

वार्तामा चीनका राष्ट्राध्यक्षले चीनसँग बेल्ट एण्ड रोड इनिशिएटिभ सहयोग दस्तावेजमा हस्ताक्षर गरेको पहिलो पश्चिमी अफ्रिकी मुलुक सेनेगलको स्वागत गर्दै यो अवसरमा आपसी सहयोगको स्तरलाई उकास्ने पुष्टि गर्नुभएको छ। चीनले सेनेगलसँगको सहयोगलाई गहन पार्दै सेनेगलको स्वतन्त्र विकास क्षमतालाई बढाउन समर्थन दिने अपेक्षा व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा सेनेगलले निर्वाह गर्ने भूमिकाको समर्थन दिँदै अफ्रिकी शान्ति तथा सुरक्षा, जलवायु परिवर्तन लगायत महत्वपूर्ण मामिलामा सेनेगलसँगको सम्पर्क तथा समन्वयलाई सबल पार्ने इच्छा पनि चीनले लिएको राष्ट्राध्यक्ष सीले बताउनुभएको छ। आउने सेप्टेम्बरमा चीन-अफ्रिका सहयोग मञ्च पैचिङ शिखर सम्मेलनमा राष्ट्रपति साल लगायत अफ्रिकी मुलुकका नेताणसँग आपसी सहयोगबारे छलफल गर्ने अपेक्षा पनि राष्ट्राध्यक्ष सीले प्रकट गर्नुभएको छ।

सेनेगलका राष्ट्रपति सालले एकता, आपसी विश्वास, सम्मानता हितयुक्त सेनेगल-चीन सम्बन्ध बलियो र सन्तोषजनक भएको औँल्याउनुभएको छ। पूर्वाधार निर्माण, जल, औद्योगिक, कृषि, पर्यटन, संस्कृति तथा खेलकूद लगायतका क्षेत्रहरूमा चीनसँगको आदानप्रदान तथा सहयोगलाई मजबुत पार्ने इच्छा सेनेगलले लिएको राष्ट्रपति सालले व्यक्त गर्नुभएको छ। बेल्ट एण्ड रोड इनिशिएटिभको समर्थन गर्दै सम्पर्क सन्जाल निर्माणमा सक्रियताका साथ भाग लिने इच्छा पनि सेनेगलले गरेको छ। सेनेगलले चीन-अफ्रिका सहयोग मञ्चको समर्थन दिँदै जाने छ। बहुपक्षीय मामिलामा चीनसँगै मिलेर अझ सन्तुलित, न्यायोजित तथा सहनशील विश्व व्यवस्थापन प्रणालीको स्थापनामा संयुक्त प्रयास गर्दै बहुपक्षबादको संरक्षण गरेर व्यापार संरक्षणबादको विरोध गर्दै जाने कुरा पनि राष्ट्रपति सालले औँल्याउनु भएको छ।

वार्तापछि राष्ट्रपति सालले सीलाई सेनेगलको सर्वोच्च पदक वितरण गर्नुभएको छ। उहाँहरूले बेल्ट एण्ड रोड सम्बन्ध बहु सहयोग दस्तावेजको हस्ताक्षर समारोहमा पनि भाग लिनुभएको छ।

जानकारी तथा लेखहरु