फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राज्यपालद्बारा चीन-अमेरिका व्यापार तथा लगानीलाई मजबूत बनाउन आह्वान

(GMT+08:00) 2018-07-22 16:17:03

अमेरिकी राज्यपाल संघको गृष्म बैठक जुलाई 19 तारिखदेखि 21 सम्म न्यू मेक्सिको राज्यको सदरमुकाम सान्ता फेमा आयोजित भएको छ। बैठकमा धेरैजसो राज्यपालहरूले चीनसँगको मैत्रीपूर्ण आर्थिक तथा व्यापारिक सम्बन्धमा ठूलो महत्व दिँदै आपसी आर्थिक, व्यापारिक तथा लगानी सहयोगलाई मजबूत पार्न आह्वान गर्नुभएको छ।

कोरोला राज्यपाल जोन हिकेन लुपेरले दुई देशको सम्बन्ध कठिन अवस्थामा परिरहेको बेला स्थानीय सहयोगलाई गहन पार्नु नै देशको सम्बन्धमा सकारात्मक योगदान दिने गरेकाले कोरोला राज्यले चीनसँगको सहयोगलाई प्रवर्द्धन पार्दै आपसी समझदारी तथा विश्वासलाई अघि बढाउने पुष्टि गर्नुभएको छ।

युटा राज्यपाल ग्यारी हेर्बेटले सो बैठकमा बोल्दै अन्तर्राष्ट्रिय बजारमा अमेरिका संलग्न हुनुपर्छ र सहयोगमार्फत नै अन्तर्राष्ट्रिय आदानप्रदान तथा अन्तर्क्रियालाई मजबुत पार्नुपर्ने ठहर व्यक्त गर्नुभएको छ।

यसका साथै धेरैजसो राज्यपालहरूले पनि बराबर विचार व्यक्त गर्दै ट्रम्प सरकारले उठाएको विश्वव्यापी व्यापारिक द्वन्दबाट अमेरिकाको कृषि तथा श्रेष्ठता भएका केही उत्पादित वस्तुको निर्यातमा असर पारिएको र धेरै अमेरिकी व्यवसायको लगानीको विकासमा अनिश्चित कारक तत्व देखिएको दाबी गर्नुभएको छ।

जानकारी तथा लेखहरु