फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रूसी तथा अमेरिकी विदेश मन्त्री बीच टेलिफोन वार्ता

(GMT+08:00) 2018-07-22 16:17:39

रूसी विदेश मन्त्री सेर्गेइ लावारोभ तथा अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ बीच जुलाई २१ तारिख भएको टेलिफोन वार्तामा पारस्परिक सम्बन्धबारे छलफल भएको छ।


रूसी विदेश मन्त्रालयको वेभसाइटले जनाए अनुसार, टेलिफोन वार्तामा उहाँहरूले दुई देशको सम्बन्धको भविष्य, आपसी सम्मान तथा हितयुक्त आधारमा आपसी सम्बन्ध सामान्यीकरण पार्ने सम्बन्धमा बैचारिक आदानप्रदान गर्नुभएको छ। उहाँहरूले सिरिया तथा त्यस वरिपरिको परिस्थिति, सिरियालीको मानवीय उद्धार एवं कोरियाली प्रायद्वीपलाई आणविक अस्त्ररहित पार्ने बारेमा पनि विचार आदानप्रदान गर्नुभएको छ।

जानकारी तथा लेखहरु