फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्बारा दक्षिण अफ्रिकी संचार माध्यमा लेख प्रकाशित

(GMT+08:00) 2018-07-22 19:40:05

दक्षिण अफ्रिकामा भ्रमण गर्नुअघि चीनका राष्ट्राध्यक्ष सी चिन फिङले दक्षिण अफ्रिकी संचार माध्यममा एउटा लेख प्रकाशन गर्नुभएको छ।

आफ्नो लेखमा सी चिनफिङले राष्ट्रपति मतमेला सिरिल रामाफोसालाई धन्यबाद दिँदै आफूले दक्षिण अफ्रिकामा तेस्रो पटक राजनीतिक भ्रमण गरेको स्मरण गर्नु भएको छ। यो भ्रमणमा ब्रिक्स मुलुक नेता बीचको दशौं पटक वार्तामा सहभागी हुने उल्लेख गर्दै राष्ट्राध्यक्ष सीले यो वर्ष चीन र दक्षिण अफ्रिका दौत्य सम्बन्ध स्थापना भएको बीसौं वार्षिकोत्सव रहेको लेख्नु भएको छ। यो अवसरमा दुवै मुलुकका जनताहरुको सम्बन्ध मैत्रीपूर्ण रहेको उहाँले उल्लेख गर्नुभएको छ। विगत छ वर्षभित्र चीन र दक्षिण अफ्रिका चीन-अफ्रिका सहयोग मञ्चको संयुक्त अध्यक्षता मुलुक भएको र दुवै मुलुकले घनिष्ट सहयोग गर्दै चीन र दक्षिण अफ्रिका चौतर्फी रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई अझ विकसित बनाएको राष्ट्राध्यक्ष सीले आफ्नो लेखमा जनाउनु भएको छ।

दुवै मुलुककाका विभिन्न क्षेत्रको सहयोगमा धेरै सफलता प्राप्त गरेको र दुवै मुलुकका नेताले घनिष्ट आपसी भ्रमण, वार्ता र आदान-प्रदान कायम राखेको पनि उहाँले उल्लेख गर्नु भएको छ। दुवै मुलुकबीचमा चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई अझ राम्रो अझ र द्रुत गतिले विकास गर्ने इच्छा पनि सो लेखमा उहाँले उल्लेख गर्नुभएको छ।

जानकारी तथा लेखहरु