फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रेलमार्गको निर्माणसँगै सुरक्षात्मक प्रणाली र उपकरणका बारेमा समेत चासो

(GMT+08:00) 2018-07-23 14:49:47

सरकारले मुलुकभित्र एक दर्जनभन्दा बढी रेलमार्ग निर्माणको प्रक्रिया अगाडि बढाइरहेको बेला सुरक्षात्मक प्रणाली र उपकरणका बारेमा समेत चासो बढ्न थालेको छ। मानवीय सुरक्षा, रेलमार्गको अवस्था तथा जोखिम न्यूनीकरणका लागि विश्वभर उपलब्ध प्रणाली तथा उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याइएको हो।

सरकारले एक दर्जनभन्दा बढी आन्तरिक तथा अन्तरदेशीय रेलमार्ग निर्माणलाई विशेष प्राथमकितामा राखी निर्माण अगाडि बढाएको सन्दर्भमा रेलमार्गको सुरक्षा, मानवीय सुरक्षालगायतका विषयमा बढी चासो राखिँदै आएको छ। प्राविधिक रुपमा रेलमार्ग निर्माणका लागि तराई बढी सहज हुने भए पनि पहाडी तथा हिमाली क्षेत्रमा भने केही असहज रहने देखिन्छ। तर प्रविधिले असहजतालाई पनि सहजतामा रुपान्तरण गरिदिएको छ।

काठमाडौँ उपत्यकाभित्रको मेट्रो रेलदेखि पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौँ–रक्सौल रेलमार्गलगायत प्रमुख प्राथमिकतामा छन्। केही रेलमार्ग अध्ययनका क्रममा तथा केही रेलमार्ग निर्माणका क्रममा छन्। काठमाडौँ उपत्यकामा भूमिगत मेट्रो निर्माण आर्थिक रुपमा बढी महँगो पर्ने भए पनि व्यवस्थापनका हिसाबले उपयुक्त हुने प्राविधिक प्रधानले चर्चा गर्नुभयो।

गोरखापत्र अनलाइनका अनुसार पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण हुने क्रममा रहेको, चुरे क्षेत्रमा काम गर्नुपर्ने भएकाले भौगोलिक रुपमा पनि मिहिन अध्ययन गर्नुपर्ने देखिन्छ।

जानकारी तथा लेखहरु