फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी, सेनेगल समकक्षीसँगै कुश्ती रंगशाला हस्तान्तरण समारोहमा

(GMT+08:00) 2018-07-23 14:50:35

सिन्ह्वा समाचार समितिका अनुसार जुलाई २२ तारखिका दिन चीनका राष्ट्राध्यक्ष सी चिनफिङ सेनेगलको डकारमा समकक्षी म्याकी सालसँग सेनेगल कुश्ती मैदान स्थानान्तरण समारोहमा सहभागी हुनुभएको छ।

समारोहमा सीले सेनेगलका राष्ट्रपति साललाई कुश्ती मैदानको परियोजना स्थानान्तरण गर्नुभयो। तत्पश्चात् सी चिनफिङ, उहाँकी श्रीमती फङ लीयुआन तथा राष्ट्रपति साल र उहाँकी श्रीमतीसँग सेनेगलको परम्परागत कुश्ती कार्यक्रमको अवलोकन गर्नुभयो।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले कुश्ती रंगशाला परियोजना चीन तथा सेनेगलका जनताबीचको मित्रताको प्रतीक रहेको बताउँदै चीन तथा सेनेगलबीचको सांस्कृतिक सहकार्यलाई अघि बढाउन चीनले सेनेगलसँगै मिलेर परम्परागत सँस्कृतिको संरक्षण र विकास गर्ने इच्छा प्रकट गर्नुभयो।

सेनेगलका राष्ट्रपति सालले भन्नुभयो, 'सेनेगलका जनताले कुश्ती खेलकुद धेरै मन पराएको र "राष्ट्रिय सम्पत्ति"का रूपमा अपनाएका छन्। चीन सरकारले सेनेगलका जनताका लागि यस्तो आधुनिक कुश्ती रंगशाला निर्माण गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।'

डकार नजिक निर्मित सेनेगल कुश्ती मैदान चिनियाँ सहयोगार्थ बनाइएको सबैभन्दा ठूलो परियोजना हो।

जानकारी तथा लेखहरु