फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङबाट रुवान्डाको राजकीय भ्रमण शुरू

(GMT+08:00) 2018-07-23 15:36:47

जुलाई २२ तारिखका दिन चीनका राष्ट्राध्यक्ष सी चिनफिङ किगलीमा पुगेर गणतन्त्र रुवान्डाको राजकीय भ्रमण शुरू गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

चीन र रुवान्डा यी दुई मुलुकका राज्य प्रमुख तथा उहाँहरूकी धर्मपत्नीसँगै घनिष्ट रूपमा भेटघाट भएको छ। भेटमा राष्ट्राध्यक्ष सीले रुवान्डा सरकार तथा जनतामाझ चीन सरकार तथा जनताको न्यानो अभिवादन र समुज्ज्वल इच्छा व्यक्त गर्नुभएको छ। उहाँले रुवान्डाको राजकीय भ्रमण चीनका राष्ट्राध्यक्षले पहिलो पटक गरेको भन्दै रुवान्डामै आएर यहाँको सरकार तथा जनताको मित्रता महसुस गरेको पनि बताउनुभयो। चीन र रुवान्डाबीचको कूटनैतिक सम्बन्ध स्थापनाको ४७ वर्ष यता यी दुई पक्षले मैत्रीपूर्ण सम्बन्ध कायम राखेको र एकले अर्कालाई सम्मान गरेको कुरा पनि सीले औंल्याउनुभयो।

त्यस अवसरमा रुवान्डा सरकार तथा जनताको प्रतिनिधित्वमा रूवाण्डाका राष्ट्रपति पउल कागामेले चिनियाँ राष्ट्राध्यक्ष सीलाई स्वागत गर्दै भ्रमणको सफलको कामना गर्नुभयो। गएको वर्ष गरेको चीनको भ्रमण पुनःस्मरण गर्दै उहाँले राष्ट्राध्यक्ष सीको यस भ्रमणसँगै दुई मुलुकबीचको मैत्रीपूर्ण सहकार्यलाई अघि बढाउने इच्छा रहेको पनि सुनाउनुभयो।

जानकारी तथा लेखहरु