फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सारा विश्वको व्यापारिक युद्धको नियन्त्रण कसले गर्ने

(GMT+08:00) 2018-07-23 17:10:09

दुई दिनसम्म चलेको जी-20 बित्त मन्त्री र केन्द्रीय बैंकका गभर्नर सम्मेलन बाईस तारिख अर्जेन्टिनाको राजधानी बुइनोस एरिसमा सम्पन्न भएको छ। व्यापारिक समस्या अवश्य नै त्यस सम्मेलनको ध्यानाकर्षक विषय बनेको देखिन्छ।

त्यस सम्मेलनमा प्रकाशित एउटा संयुक्त वक्तव्यमा व्यापारिक विवादबाट सारा विश्वको अर्थतन्त्रमा परेको खतराको सामना गर्न विभिन्न मुलुकले सम्झौता-वार्ता सबल पार्नुपर्ने कुरामा जोड दिइएको छ। तैपनि फ्रान्सेली बित्त मन्त्री ब्रुनो लेमाइरेले अमेरिकाले इस्पात वस्तुमाथि थप गरेको करलाई नहटाउन्जेलसम्म युरोपेली संघ र अमेरिकाबीच स्वतन्त्र व्यापारिक सम्झौता चलाउन नसक्ने धारणा व्यक्त गर्नुभएको छ।

सारा विश्वका लागि असर पर्ने त्यस व्यापारिक युद्धको नियन्त्रण अधिकार वास्तवमा कसैको हातमा रहेको छ भन्ने जिज्ञासा लिएर बेलायती 《द इकोनोमिस्ट》नामक पत्रिकाले गत बीस तारिख "हाल डोनाल्ड ट्रम्पद्बारा विविध क्षेत्रबाट व्यापारिक युद्ध मच्चाइँदै" शीर्षकको लेख प्रकाशित गरेको छ। त्यस लेखले उक्त व्यापारिक युद्धको शुरूवातको स्पष्ट विश्लेषण पनि गरेको छ।

जानकारी तथा लेखहरु