फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्राध्यक्ष सीबाट पाँचौं चीन-अफ्रिका जनमञ्चलाई बधाइ

(GMT+08:00) 2018-07-23 17:12:00

पाँचौं चीन-अफ्रिका जनमञ्च आज जुलाईको २३ तारिखका दिन चीनको सछवान प्रान्तको छङ्तु शहरमा शुरू भएको छ। चिनियाँ कम्युनिष्ट्र पार्टी केन्द्रीय समितिका महासचिव एवं चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सो मञ्चलाई बधाइ तथा शुभकामना सन्देश पठाउनुभएको सिन्ह्वाले जनाएको छ।

सन्देशमा सीले भन्नुभएको छ, "पाँचौं चीन-अफ्रिका जनमञ्चको सफलताका लागि चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार, चीनका जनताको तर्फबाट र व्यक्तिगत रूपमा पनि यस मञ्चलाई बधाइ दिनुका साथै सो मञ्चमा सहभागी हुनुभएका अफ्रिकाका नेताहरू र विभिन्न क्षेत्रबाट आएका मित्रहरूप्रति न्यानो स्वागत व्यक्त गर्न चाहन्छु।"

उहाँले चीन-अफ्रिका जनमञ्च चीन तथा अफ्रिकाका जनताबीचको महत्वपूर्ण पुल रहेको औंल्याउनुभयो। यस बाहेक, जनस्तरीय मित्रता चीन-अफ्रिका सम्बन्धको महत्वपूर्ण आधार भएकोले यी दुई देशबीच आगामी सम्बन्धमा थप विकास हुने क्षेत्र रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ। अन्तमा चिनियाँ राष्ट्राध्यक्ष सीले पाँचौं चीन-अफ्रिका जनमञ्चको सफलताका साथ आयोजना गराउने आशा पनि गर्नुभयो।

जानकारी तथा लेखहरु