फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ट्रम्पद्वारा पाँच खर्ब अमेरिकी डलर मूल्यका चिनियाँ मालसामानमाथि कर लगाइने विषय सम्बन्धी चीनको परराष्ट्र मन्त्रालयको प्रतिकृया

(GMT+08:00) 2018-07-23 17:14:19

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाँच खर्ब अमेरिकी डलर मूल्यका चिनियाँ मालसामानमाथि कर लगाउने धम्कीबारे चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले तेइस तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीन तर्साएर सप्रेको होइन भनेर चीनको प्रतिकृया जनाउनुभएको छ।

सम्बद्ध प्रश्नको जवाफ दिंदै प्रवक्ता कङले अमेरिकाले एकनाससँग व्यापारिक युद्ध मच्चाउन खोजेकोमा चीन इच्छुक नरहेको बताउँदै युद्धले तर्साएको नभएर आवश्यक परेका बेला बाध्य भएर युद्ध गर्ने चीनको अडान अटल र स्पष्ट रहँदै आएको कुरा औँल्याउनुभएको छ।

हाल चीनको अर्थतन्त्र मोटामोटी रुपमा स्थिर र अपेक्षाकृत दिशातर्फ विकसित भइरहेकाले चिनियाँ मुद्राको बिनिमय दरलाई स्थिर रुपमा कायम राख्नका लागि सशक्त समर्थन गरेको जानकारी पनि प्रवक्ता कङले दिनुभएको छ।

जानकारी तथा लेखहरु