फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङमा नेपाली विद्यार्थीलाइ वनस्पतिको वैज्ञानिक नाम अनुसन्धानमा सफलता

(GMT+08:00) 2018-07-24 14:26:23

पेकिङ विश्वविद्यालयमा पोस्टडक गरिरहेका नेपाली वैज्ञानिक डा. नवल श्रेष्ठले पत्ता लगाएको उन्युको वैज्ञानिक नाम उहाँकै थरबाट राखिएको छ। श्रेष्ठले पत्ता लगाएको हुनाले नयाँ प्रजातिको वनस्पति (उन्यू) को नाम 'हुपरजिया श्रेष्ठा' राखिएको विश्वविद्यालयले जनाएको छ। पत्ता लगाउने व्यक्तिकै नाम या थरबाट नामकरण हुने पद्धतिअनुसार नयाँ प्रजातिको नाम राखिएको हो। कुनै प्रजातिको वैज्ञानिक नामकरण गर्न ल्याटिनीकरण गर्ने प्रचलन छ। जसले पत्ता लगाएको हो, त्यो प्रजातिको नाम राख्दा सम्बन्धित वैज्ञानिकको थरलाई ल्याटिनीकरण गरिन्छ। त्यही कारण उन्यूको नाम 'श्रेष्ठा' बनाइएको हो।

आफ्नो नाममा नयाँ प्रजातिको उन्यू नामकरण हुँदा निकै खुसी लागेको श्रेष्ठले बताउनुभयो। यो नयाँ प्रजातिको उन्यू चीनका चच्याङ, फुचियान, क्वान्सीसहित म्यान्मार र भारतको आसाममा पनि पाइन्छ। खोज अनुसन्धान क्रममा उनले हुपरजिया नान्लिन्गेन्सिस चीनको हनान प्रान्तमा र हुपरजिया एसियाटिका नामक उन्यू चिलिन प्रान्तमा पत्ता लगाउनुभएको कान्तिपुरले लेखेको छ।

श्रेष्ठको खोज तथा अनुसन्धानले चिनियाँ विश्वविद्यालयमा नेपाली वैज्ञानिकको उच्च क्षमता प्रदर्शन भएको विश्वविद्यालयले जनाएको छ। यसले गर्दा आगामी दिनमा चीनमा पीएचडी र पोस्टडक गर्न चाहने नेपाली वैज्ञानिकका लागि पनि सहज वातावरण सिर्जना भएको छ। विराटनगरका श्रेष्ठले चीनको चाइनिज एकेडेमी अफ साइन्सबाट वनस्पतिशास्त्रमा पीएचडी गर्नुभएको हो।

जानकारी तथा लेखहरु