फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनसँग नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको राष्ट्रबैंकको ठहर

(GMT+08:00) 2018-07-25 15:01:58
चीनसँग नेपालको निर्यात व्यापार सन्तोषजनक देखिएको छ । जुन अन्यदेशको तुलनामा उल्लेखनीय हो। नेपाल राष्ट्र बैंक, अनुसान्धान विभागले आर्थिक वर्ष ०७४÷७५ को ११ महिनाको अवधिमा तयार पारेको तथ्यांकमा चीनतर्फ ९१ दशमलव शून्य छ प्रतिशत वस्तु निर्यात भएको उल्लेख छ।

कूल वस्तु निर्यात १० दशमलव शून्य चार प्रतिशतले वृद्धि भई रु ७४ अर्ब ३१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात आठ दशमलव शून्य तीन प्रतिशतले वृद्धि भएको थियो । भारततर्फ आठ दशमलव सात प्रतिशत, चीनतर्फ ९१.६ प्रतिशत र अन्य मुलुकतर्फ आठ दशमलव एक प्रतिशतले निर्यात बढेको छ।

अलैँची, पोलिष्टर यार्न, जुटको बोरा, धागो, जस्तापाता लगायतका वस्तुको निर्यात बढेको छ, भने जिआइ पाइप, जुटको रस्सी, जुस, उनी गलैँचा, पश्मिना, लगायतका वस्तुको निर्यात घटेको छ।

सोही अवधिमा आयात भने २३ दशमल शून्य पाँच प्रतिशतले वृद्धि भई रु ११ खर्ब सात अर्ब ३५ करोड पुगेको छ । वस्तु आयातमा भारतबाट २५ प्रतिशत, चीनबाट २५ दशमलव शून्य तीन प्रतिशत र अन्य मुलुकबाट १८ दशमलव एक प्रतिशतले बढेको छ। मुख्यगरी पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपूर्जा, अन्य मेसिनरी तथा पार्टपूर्जा, एमएस विलेट, सिमेन्ट, लगायतका वस्तुको आयात उच्चदरमा बढेको छ। त्यसैगरी कृषि औजार तथा पार्टपूर्जा, हवाईजहाजका पार्टपूर्जा, सेनिटरीवेयर्स, सानो अलैँची, जिङ इनगोट, लगायतका वस्तुको आयात घटेको छ।

जानकारी तथा लेखहरु