फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-भारत जयनगर–जनकपुर–बर्दिवास रेलवेको निर्माण सुस्त

(GMT+08:00) 2018-07-25 15:04:56

नेपाल र भारतलाई जोडने निर्माणाधिन जयनगर–जनकपुर–बर्दिवास रेलवेको तेस्रो महोतरी खण्डको निर्माणको कार्य सुस्त बनेको छ। अगामी अक्टोवर महिनामा सञ्चालन हुने भनिएको रेलवेको जनकपुर बर्दिवास खण्डमा निर्माण कार्यमा अवरोध आएपछि सो खण्डमा निर्धारित समयमै रेल सञ्चालन हुनेमा आशंका उत्पन्न भएको नागरिकन्युज डटकमले जनाएको छ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको जयनगर बर्दिवास रेलमार्गको सितापुर भंगहा बर्दिवास खण्डको निर्माण कार्यको मुआब्जा वितरण कार्यमा विवाद र योजनाबद्ध रुपमा निर्धारित समय अनुसार काम नै अगाडि बढन नसके अक्टोवर महिनामा रेल सञ्चालन हुनेमा ढिलाई हुन सक्ने आशंका व्यक्त गर्न थालिएको छ।

ठेक्का पाएको कालिका रमण जेभीले महदैया तपनपुर लोहारपट्टी, सिंग्याही र खुट्टा पिपराढी भंगहा गाउमा माटो पुर्ने, कलभर्ट निर्माण कार्य सुस्त गतिमा गरिहेका छन्। भंगहादेखि बर्दिबाससम्म जग्गा अधिग्रहण र मुआब्जा वितरण कार्य भइसकेको छैन्। यो रेलमार्गमा जनकपुरबाट बिजलापुरसम्मको पनि ४० प्रतिशत इमबैंकमेन्ट फिलिङको काम सकिएको छ। ५६ करोड भारु (करिब ९० करोड नेपाली रुपैयाँ) मा ठेक्का पाएको यो कार्य कालिका रमण जेभीले लिएका छन्। भारत सरकारको करिब १० अर्ब रुपैयाँको लागतमा निर्माणाधीन जयनगर जनकपुर विजुलपुरा र भंगहा बर्दिबास ब्रोडगेज रेल मार्गको ६९ किलोमिटर मार्गमा एक दर्जन स्टेसन, हल्ट र जक्सन निर्माणाधीन छन तर बर्दिवासबासीका कारण काम अवरुद भएपछि रेलको निर्माण कार्य अघि बढन सकेको छैन्।

जानकारी तथा लेखहरु