फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनबाट नेपालमा ६ वटा वायुसेवा कम्पनीको उडान तर नेपालको शून्य

(GMT+08:00) 2018-07-26 15:02:19
छिमेकी मुलुक चीनबाट नेपालमा ६ वटा वायुसेवा कम्पनीले उडान गर्छन्। चिनियाँ कम्पनीले हप्तामा ४८ हवाई उडान गरिरहँदा नेपाली वायु सेवा कम्पनी हङकङबाहेक चीन शासित कुनै गन्तव्यमा उड्दैनन्। नेपाल चीनबीचको हवाई सम्झौताअनुसार नेपाली वायुसेवा कम्पनीले हप्तामा ७० वटासम्म उडान गर्नुपर्ने हो। तर जहाज र अनुमतिका कारण त्यस्तो नभएको नेपालखबर अनलाइनले लेखेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाका अनुसार चीन उडानका लागि नेपाली एयरलाइन्स कम्पनीसँग विमान नै पर्याप्त छैनन्। सन् २०१४ मा निगमले नेपाली व्यापारी बाक्लै आउजाउ हुने क्वाङ्चौमा उडान अनुमति मागेपनि चिनियाँ पक्षबाट स्वीकृत नै भएन। निगमले बेइजिङका लागि पनि उडान अनुमति मागेको थियो।

अहिले चीन उडानका लागि निवेदन दिने वायुसेवा कम्पनीमा तिब्बत एयरलाइन्सको ४९ प्रतिशत लगानी भएको हिमालय एयरलाइन्स एउटा हो। हिमालयले तीन वर्षअघि छेङ्तु-ल्हासा-काठमाडौं उडान अनुमतिका लागि निवेदन दिएको थियो। हालसम्म अनुमति पएको छैन।

एयर चाइना, क्याथे ड्रागन, चाइना इस्टर्न, चाइना साउर्दन, सछ्वान र तिब्बत एयरलाइन्सले चिनियाँ सहरहरुबाट काठमाडौं उडान गरिरहेका छन्। नेपाल–चीन हवाई सम्झौताअनुसार नेपाली वायुसेवा कम्पनीले चीनका ७ वटा सहरमा ७० वटासम्म उडान गर्न पाउँछन्। पैचिङ, शाङहाई, ल्हासा, क्वाङ्चौ, खुन्मिङ, छङ्तु र सियान नेपाली वायुसेवाले उडान गर्न पाउने गन्तव्य हुन्।

जानकारी तथा लेखहरु