फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटकको आकर्षणका लागि सुदूरपश्चिम नेपालमा जातीय संग्रहालय

(GMT+08:00) 2018-07-26 15:04:22

पर्यटकको आकर्षण बढाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको पर्यटकीय क्षेत्र भम्केपानी(भल्का)मा थारु संग्रहालयका लागि परम्परागत शैलीको भवन निर्माण गरिएको छ। काठ र माटोको प्रयोग गरी नगरपालिकाको वडा कार्यालयले रु छ लाख बढीको लगानीमा संग्रहालय भवन निर्माण गरेको हो। भवन निर्माणका लागि वडा कार्यालयले रु दुई लाख र स्थानीय बासिन्दाले रु चार लाख बढीको श्रमदान गरेका छन् । भवनसँगै पर्यटकीय क्षेत्रमा दुई वटा पक्की शौचालयसमेत निर्माण गरिएको छ।

"संग्रहालय भवन निर्माण भएकाले थारु समुदायका संस्कृति झल्किने परम्परागत पहिरन, गहना, रहनसहनसँग सम्बन्धित वस्तु, कृषिमा प्रयुक्त हुने परम्परागत सामग्रीलगायत पर्यटकका लागि राख्न लागेका छौँ" वडाध्यक्ष बहादुर महराले भन्नुभयो। अर्को वर्षदेखि पर्यटकका लागि संग्रहालय खुला गर्ने योजना रहेको उहाँले बताउनुभयो । संग्रहालयमा राख्ने वस्तुको जोरजम्मा गर्नका लागि रु तीन लाख बजेट विनियोजन गरिएको छ । संग्रहालय क्षेत्रमा वाटर पार्क निर्माण गर्ने, सौर्यबत्तीको व्यवस्था गर्ने र फ्रि वाइफाइको व्यवस्था गर्ने योजना बनाइएको छ । पर्यटकीय क्षेत्रसम्म पुग्ने ग्राभेल सडकको निर्माण कार्य पूरा गरिएको गोरखापत्र अनलाइनले जनाएको छ।

वर्षमा दुई हजारदेखि तीन हजार ४०० बढीको संख्यामा यस क्षेत्रमा पर्यटक पुग्ने गरेका छन्। हिउँदमा तातो र गर्मीमा चिसो पानी हुने कुण्ड यस क्षेत्रमा रहेको छ। कुण्डमा रहेको पानी आफैँ माथि उफ्रिने भएकाले यसको नाम भम्केपानी रहन गएको स्थानीय बासिन्दा बताउँछन्।

जानकारी तथा लेखहरु