फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा विभिन्न ५ हिमाली जिल्लामा एम्बुलेन्स उपहार

(GMT+08:00) 2018-07-29 13:41:08

चीन सरकारले विभिन्न ५ हिमाली जिल्लाका स्थानीय तहलाई एम्बुलेन्स उपहार दिएको छ ।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र नेपालका लागि चिनियाँ राजदूत यु होङले ती एम्बुलेन्स स्थानीय तहका प्रमुखलाई हस्तान्तरण गर्नुभएको हो। नेपाल चीन हिमालय मैत्री समाजका अध्यक्ष एवं पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलको पहलमा एम्बुलेन्स हस्तान्तरण भएको हो ।

संखुवासभाको खादबारी, दोलखाको भीमेश्वर, लमजुंगको मध्यनेपाल, काभ्रेको मण्डन देउपुर र सिन्धुपाल्चोकको जुगल स्थानीयतहलाई चीन सरकारले एम्बुलेन्स उपलब्ध गराएको हो।

कार्यक्रममा उपप्रधानमन्त्री यादवले छिमेकी चीनले शिक्षा र स्वास्थ्यमा समेत सहयोग गर्दै आएकोमा खुसी प्रकट गर्नुभयो।

समाजका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टीका युवा नेता पोखरेलले आगामी दिनमा समेत चिनियाँ सहयोग उपलब्ध हुने विश्वास राख्दै यसले दुई देशको जनताको तहको सम्बन्ध बलियो हुने धारणा राख्नुभएको ईकान्तिपुर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु