फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको हवाई सेवालाई विश्वस्तरीय बनाउन स्तरोन्नतिको काम सुरू

(GMT+08:00) 2018-07-29 13:46:47

नेपालको हवाई सेवालाई विश्वस्तरको बनाउने लक्ष्यका साथ नेपाल वायु सेवा निगमले सुरक्षात्मक प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास सुरु गरेको छ। दुई वटा वाइडबडी जहाज खरिद गरेपछि सुरक्षा प्रणाली तथा ग्राउण्ड हयाण्डलिङको कामलाई समेत थप प्रभावकारी बनाउँदै निगमले सुरक्षात्मक प्रणालीलाई लागू गर्ने लक्ष्यका साथ अन्तर्राष्ट्रिय हवाई यातायात संगठन (आइएटिए) लाई आमन्त्रण गरेर सुरक्षात्मक प्रणालीका बारेमा अध्ययन गराएको हो ।

निगमको आग्रहमा आइएटिएको प्राविधिक समूहले शुक्रबार मात्रै यससम्बन्धी अध्ययन सकेको हो । नेपालको वायु सेवालाई केही विदेशी संस्थाले खतराको सूचीमा राखेको र केही संस्थाले हटाइसकेको सन्दर्भमा नेपाली हवाई क्षेत्रलाई थप विश्वसनिय, भरपर्दो, सुरक्षित बनाउने लक्ष्यका साथ अध्ययन गरिएको हो।

वाइड बडी जहाज खरिद गरी अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने र आर्थिक समृद्धिको आधारको रुपमा रहेको पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउँदै उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन मार्ग प्रशस्त हुनेछ । निगमले आन्तरिक र बाह्य दुवै बजारलाई केन्द्रमा राखेको छ । सुरक्षात्मक प्रणाली तथा हवाई सुरक्षालाई समेत केन्द्रमा राखेको अनलाइन खबरले लेखेको छ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङको काम समेत निगमले नै गरिरहेको छ। निगमका महाप्रबन्धक सुगतरत्न कसांकारकाअनुसार हवाई सेवा गुणस्तरको एउटा मापदण्डको रुपमा रहेको आइएटिएको गुणस्तर मापदण्डको रुपमा सेफ्टी अडिट अफ ग्राउण्ड ह्यान्डलिङ(आइसागो प्रणापत्रलाई लिइन्छ।

नेपालले यसअघि सन् २०१६ मा निगमले उत्कृष्ठ ग्राउण्ड ह्यान्डलिङ गरेको भन्दै आइएटिएले प्रमाणपत्र दिएको थियो। यूरोपेली संघले खतराको सूचीमा राखेको नेपालको उड्डयन क्षेत्रलाई त्यस्तो सूचीबाट हटाउन समेत आइसागो प्रमाणपत्रले काम गर्नेछ भने आइएटिएको सदस्य बन्ने मार्ग समेत प्रशस्त हुनेछ। आइएटिएको सदस्य भएपछि नेपालले आर्थिक सहयोग, तालिम, हवाई मार्ग प्राप्त गर्न समेत थप सहज हुनेछ।

हाल विश्वका ३०९ वटा विमानस्थलमा आइसागोको मापदण्ड लागू गरिएको छ । विश्वभर हालसम्म १७ हजार अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन्। निगमका प्राविधिक सल्लाहकार रमेशबहादुर शाह नेपालको उड्डयन क्षेत्रलाई सुरक्षाको दृष्टिकोणले विश्वस्तरीय र भरपर्दो बनाउन आइसागो प्रमाणपत्रले सहयोग पुग्ने विश्वास व्यक्त गरे । यूरोपेली संघले लगाउँदै आएको खतराको सूचीबाट हटाउन समेत यसले मद्दत पुग्ने विश्वास उनको छ।

सल्लाहकार शाहकाअनुसार मापदण्ड लागू भएका ३०९ विमानस्थल मध्ये १८० विमानस्थलले निगमजस्तै ग्राउण्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउँदै आएका छन्। हरेक दुई वर्षमा आइएटिएले ग्राउण्ड ह्यान्डलिङको 'अडिट' गर्दछ । सन् २०१४ मा गरिएको अडिटका आधारमा नेपालले आइसागोको प्रमाणपत्र पाएको थियो।विश्वका कूल तीन सय विमान कम्पनीले त्यस्तो प्रमाणपत्र पाएका छन्।

जानकारी तथा लेखहरु