फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साहसिक खेलकुदका कारण पूर्वी नेपालको पर्यटन प्रवर्द्धन

(GMT+08:00) 2018-07-29 13:48:41
साहसिक खेलले पछिल्ला दिन पर्यटक थपिरहेका छन् । दैनिक आउने आन्तरिक तथा वाह्य पर्यटकले पूर्वी नेपालको तेह्रथुमको मौसम, सौन्दर्य, संस्कृतिजस्ता पक्षबाट मोहित भएर बसाइ अवधि लम्ब्याउने गरेका छन् । यी पर्यटकलाई लक्ष्य गरी खेलका गतिविधि सञ्चालन गर्न सके पहाडी क्षेत्रको पर्यटन व्यवसाय थप फस्टाउन सक्ने पर्यटन विकास तथा प्रवर्द्धन समितिका अध्यक्ष गोविन्द ढुंगानाले बताउनुभयो।

जिल्लामा प्याराग्लाइडिङ, रकक्लाइविङ, र्‍याफटिङ, साइक्लिनिङ, क्यानोनिङ, फुटबल, भलिबल, गल्फ, व्याडमिन्टन लगायत प्रतियोगिता बाह्रै महिना सञ्चालन गरेर पर्यटक आकर्षित गर्न सकिने प्रदेश सांसद समेत रहेका समिति महासचिव लक्ष्मण तिवारीको भनाइ छ ।

प्याराग्लाइइिङका लागि तीनजुरे र मेन्छ्यायाम डाँडा उपयुक्त छन् । यी डाँडामा नेपाल हवाई खेलकुद संस्था पोखराले परीक्षण उडानसमेत गरिसकेको छ । यहाँ वर्षको ८ महिना प्याराग्लाइडिङको उडान गर्न सकिने सञ्चालक राजेश बमजनले बताउनुभयो । यी डाँडाबाट कुम्भकर्ण, मकालु, कञ्चनजंघा, सगरमाथा हिमाल र लेकाली फाँटको अवलोकन गर्न सकिन्छ ।

पूर्वाधार निर्माण गर्न सके साहसिक खेल प्याराग्लाइइिङ प्रतियोगिता गराउन सकिने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशव भट्टराईले बताउनुभयो। पहाडमा खेल पर्यटनको प्रशस्त सम्भावना हुँदाहुँदै पनि सरकारले चासो नदिएको उहाँको गुनासो छ । बसन्तपुरकै युवा देशविर जिमी पोखरामा व्यावसायिक प्याराग्लाइडरका रूपमा काम गरिरहेका छन् ।

जानकारी तथा लेखहरु