फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनका गैर सरकारी संस्थाहरुबीचमा सहयोग आदानप्रदानमा हस्ताक्षर

(GMT+08:00) 2018-07-30 18:15:02

चीन र नेपाल दौत्य सम्बन्ध स्थापनाको ६३ औँ वार्षिकोत्सवका अवसरमा अन्तर्राष्ट्रिय आदानप्रदानका लागि चिनियाँ गैर सरकारी संस्थाहरुको संजालको एक प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेको छ। सो प्रतिनिधि मण्डलले आइतबार दिउँसो नेपालका सम्बन्धि निकायसँग १३ वटा सम्झौतापत्र हस्ताक्षर भएको छ।

सो हस्ताक्षर समारोहमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री वाङ याचुनले भन्नुभयो 'यस चोटि हामीले एघारवटा कार्यक्रममा हस्ताक्षर गरेका छौँ जसमा शिक्षा, स्वास्थ्य, चिकित्सा, गरिबी निवारण, महिला, युवा लगायतका विभिन्न विषय समावेश छन्। यसबाहेक चिनियाँ गैर-सरकारी संस्थाले नेपालाई अरु पचास लाख अमेरिकी डलर वरावरको सहयोग सामग्री पनि प्रदान गरेका छन्। जसबाट नेपाली जनतालाई चिनियाँ जनताको गहिरो मित्रता प्रदर्शनी भएको छ।'

सो अवसरमा नेपालको समाजकल्याण बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले छोटो समयमा चीनले गरेको सामाजिक आर्थिक विकासबाट नेपालले धेरै कुरा सिक्नुपर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु