फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पूर्वाधार विकासमा सहयोग गर्न तयार रहेको नेपालका लागि जापानी राजदुतको भनाइ

(GMT+08:00) 2018-07-31 16:08:46

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र नेपालका लागि जापानी राजदूत मासामिचि साइगोबीच सोमबार शिष्टाचार भेटवार्ता भएको छ। सिहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत साइगोले आफ्नो कार्यकालमा नेपालसँगको सम्बन्धलाई थप मजबुद बनाउन पहल गर्ने बताउनु भएको कारोबार अनलाइनले लेखेको छ।

राजदूत साइगोले नेपालको पूर्वाधार विकास, र भूकम्पपछिको पुनर्निर्माणमा जापानले इमान्दारीपूर्वक सहयोग गरेको भन्दै सहरी विकास मन्त्रालयसँग समन्वय गरी आगामी दिनमा दिगो पुनर्निर्माण र पूर्वाधार विकासमा थप सहयोग विस्तार गर्ने बताउनुभयो।

भेटमा मन्त्री राईले नवनियुक्त राजदूतलाई बधाई दिँदै उनको कार्यकालमा आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यमा जापानको सहयोग अपरिहार्य हुने बताउनुभयो। मन्त्री राईले जापान सरकारले नेपालको आर्थिक, सामाजिक र मानवीय विकासमा पुर्‍याएको योगदानको नेपाल सरकारले उच्च मूल्यांकन गरेको बताउनुभयो। उहाँले कुलेखानी जलविद्युत् आयोजना र बीपी राजमार्गले नेपालको आर्थिक, सामाजिक क्षेत्रमा पु-याएको विकास योगदान आफैंमा विशिष्ट रहेको भन्दै काठमाडौं उपत्यकाको सडक सञ्जालको गुरुयोजना निर्माणमा जापानी सहयोगको उच्च मूल्यांकन गरिएको बताउनुभयो।

जानकारी तथा लेखहरु