फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेवानीको दुबई-काठमाडौं दैनिक उडान सुरू

(GMT+08:00) 2018-08-01 16:22:17

नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आजदेखि काठमाडौं-दुबई दैनिक उडान सुरू गरेको छ। निगमले दुबईबाट आईतबार, सोमबार, बुधबार र शुक्रबार उडान भर्दै आएकोमा आजदेखि सातै दिन उडान भर्ने युएईका लागि नेपाल एयरलाइन्सका कन्ट्री म्यानेजर रमेश पौडेलले जानकारी दिनु भएको सेतोपाटी अनलाइनले लेखेको छ।

सन् १९८५ को जनवरीदेखि काठमाडौं-दुबईको व्यवसायिक उडान थालेको निगमले सन् २०१२ को अगष्टमा विमान अभाव भएको भन्दै उडान रोकेको थियो। यात्रुको चापलाई ध्यान दिँदै सन् २०१६ को अगष्टबाट निगमले सातामा ४ दिन उडान भर्दै आएको थियो।

निगमको जहाजले हाल युएईको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै आएको छ। अबुधाबीका यात्रुको सुविधालाई ध्यान दिँदै एयरलाइन्सले एलेक्टा र मुसफाबाट दुबई अन्तर्राष्ट्रिय टर्मिनल–२ मा आउन र जान दैनिक बस सेवा समेत शुरु गरेको छ।

जानकारी तथा लेखहरु