फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल-चीन दौत्यसम्बन्धको ६३औं वार्षिकोत्सवका उपलक्ष्यमा पैचिङमा नेपाली खाना महोत्सव

(GMT+08:00) 2018-08-01 18:41:57

नेपाल-चीन दौत्यसम्बन्ध स्थापनाको ६३औं वार्षिकोत्सवका उपलक्ष्यमा पैचिङस्थित नेपाली दूतावास र चीनको पैचिङ पिपुल्स एशोसियसन फर फ्रेण्डसीप विथ फरेन कन्ट्रिज र मिञ्चु होटेलको सहकार्य तथा नेपाल पर्यटन बोर्डको आर्थिक सहायतामा नेपाली खाना महोत्सव शुरू भएको छ।

बुधबारदेखि शुरू भएको खाद्य महोत्सव १५ दिनसम्म चल्नेछ। प्रदर्शनीका लागि नेपालबाट २ जना भान्छे निम्त्याइएको दूतावासका काउन्सिलर हरिश्चन्द्र घिमिरेले जानकारी दिनुभयो। 'न्याचुरल्ली नेपाल'को नारा दिएर शुरू गरिएको महोत्सवको उद्घाटन समारोहमा भारत, पाकिस्तान र म्यानमारका राजदूत लगायत कूटनीतिज्ञहरू, पैचिङस्थित परराष्ट्रमन्त्रालयका प्रतिनिधिका साथै नेपाली र चिनियाँ गरी १३० भन्दा बढीको सहभागिता थियो।

दूतावासका अनुसार महोत्सवभरिका २ वटा शुक्रबार भने थिम डे अर्थात् नेपाली खाना पकाउने शैलीबारे प्रत्यक्ष जानकारी र साँस्कृतिक प्रदर्शनी पनि गरिनेछ। सकेसम्म हिमाल, पहाड र तराइ समेटिने गरी सबै जातजाति र भाषाभाषीको खाद्य परिकारहरू प्रदर्शनीमा राखिने दूतावासले जनाएको छ। राजदूत लीलामणि पौडेल लगायतले सम्बोधन गरेको सो कार्यक्रममा परम्परागत नेपाली नृत्य पनि प्रस्तुत गरिएको थियो।

जानकारी तथा लेखहरु