फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली विमानमाथिको बन्देज हटाउन आग्रह नेपालका परराष्ट्रमन्त्रीको आग्रह

(GMT+08:00) 2018-08-02 16:33:41

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले एयरबस उडाउने तर नेपाली विमानलाई युरोप उडान बन्देज लगाउने विषय नसुहाएको भन्दै त्यसमा पुनर्विचार गर्न युरोपेली युनियनलाई आग्रह गर्नुभएको छ। युरोपका पोर्चुगल, लग्जेम्बर्ग र बेल्जियम भ्रमण क्रममा उहाँले त्यहाँका सरकारी तथा युरोपियन युनियनका अधिकारीलाई त्यस्तो आग्रह गर्नु भएको कान्तिपुर अनलाइनले लेखेको छ। उहाँ १० दिन लामो युरोप यात्रा सकेर बुधबार स्वदेश फर्कनु भएको छ। 'दुईपक्षीय छलफल तथा गैरआवासीय नेपालीसँगको अन्तक्र्रिया फलदायी भयो,' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँले भन्नुभयो।

उहाँले युरोपेली पूर्वाधार बैंकलाई नेपालमा लगानी वृद्धि गर्न समेत आग्रह गरेको जानकारी दिनुभयो। नेपालमा युरोपेली मुलुकको लगानी वृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो। युरोप बसाइ क्रममा उहाँले गैरआवासीय नेपालीलाई पनि नेपालमा लगानी भित्र्याउन आवश्यक पहल गरिदिन आग्रह गर्नु भएको थियो। उहाँले नेपाली दूतावासहरूलाई नेपालमा लगानी भित्र्याउनका लागि पहल गर्न र मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे सकारात्मक जानकारी दिनसमेत निर्देशन दिनु भएको थियो। उहाँले राजदूतहरूको सम्मेलन ब्रसेल्समा गरेर नेपालको पछिल्लो अवस्था जानकारी गराउँदै दूतावासले गरेको कामबारे जिज्ञासा राख्नुभएको थियो।

जानकारी तथा लेखहरु