फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पर्यटन प्रबर्धन गर्न चीन र भारतलाई २० प्रतिशत बजेट

(GMT+08:00) 2018-08-03 16:09:15

नेपालको पर्यटन प्रबद्र्धन गर्न सरकारले मिछेकी मुलुक भारत र चीनलाई बढी प्राथमिकता दिने भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छिमेकी मुलु्कको पर्यटन बजारलाई केन्द्रित गरेर प्रचारप्रसार अभियान चलाउने भएको सेतोपाटी अनलाइनले लेखेको छ।

विश्व बजारमै सबैभन्दा ठुलो चीन र उदयीमान भारतमा नेपालको प्रबद्र्धन गर्न बजार प्रबद्र्धन गर्न कूल प्रबद्र्धन बजेटको २० प्रतिशत दुई देशमा विनियोजन गर्ने मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुख नीता पोखरेलले जानकारी दिनुभयो।

चालु वर्षको बजेटबाट पनि चीन र भातरमा बजार प्रबद्र्धन गर्न १०/१० प्रतिशत बजेट विनियोजन हुने उहाँले जानकारी दिनुभयो।

चीन संसारकै ठुलो पर्यटन बजार मानिन्छ भने भारत पनि उदयीमान बजारको रुपमा विश्वव्यापी बजारमा स्थापित रहेको छ। सन् २०१७ मा यी दुई छिमेकी देशबाट २८ प्रतिशत पर्यटक नेपाल आएका छन्। कूल ९ लाख ४० हजार विदेशी नेपाल आएकोमा २ लाख ६४ हजार चीन र भातरबाट नेपाल आएका छन्। जसमा भारतबाट १ लाख ६० हजार आएका छन् भने चीनबाट १ लाख ४ हजार।

संसारभर छिमेकी मुलुकबाट पर्यटक बढी आउने गर्छन्। क्रस बोर्डर पर्यटन जति बलियो भयो त्यति नै पर्यटन क्षेत्र बलियो हुने मान्यता रहेको छ।

जानकारी तथा लेखहरु