फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सहयोगमा भूकम्पबाट क्षतिग्रस्त दरवार माध्यमिक विद्यालयको पुननिर्माण सुरु

(GMT+08:00) 2018-08-03 16:11:00

भूकम्पबाट क्षतिग्रस्त भएको दरवार माध्यमिक विद्यालयको पुननिर्माणको शिलान्यास भएको छ। शुक्रबार बिहान शिलान्यास भएको यो विद्यालयको पुनिर्माण चिनियाँ सहयोगमा हुने भएको हो। विद्यालय पुन निर्माणका लागि सन् २०१७ को जुलाईमा नेपाल र चीनबीचमा सम्झौता भएको थियो। विद्यालय पुननिर्माण आगामी दुई वर्षमा सम्पन्न हुनेछ।

शिलान्यास समारोहलाई सम्बोधन गर्दै नेपालका लागि चिनियाँ राजदूत दरबार माध्यमिक विद्यालय स्थापना भएपछि यसले थुप्रै विद्यार्थीलाई दक्ष बनाएको बताउनुभयो। यो विद्यालयको पुनःनिर्माण हुनुपर्छ भन्दै उहाँले पुनःनिर्माण कार्यक्रममा चीन सहभागी भएको बताउनुभयो। नेपालको एक सुन्दर तथा इतिहास बोकेको दरबार माध्यमिक विद्यालयको पुननिर्माणमा चीनको मैत्रीपूर्ण सहयोग रहेकाले आफूलाई खुशी लागेको उहाँले बताउनुभयो।

सो समारोहलाई सम्बोधन गर्दै नेपालका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यालय पुननिर्माणमा सहयोग गरेकोमा चीन सरकारलाई धन्यवाद दिनुभयो।

जानकारी तथा लेखहरु