फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौँमा चिनियाँ भाषा प्रतियोगिता

(GMT+08:00) 2018-08-04 19:17:53

        एघारौँ चाइना ब्रेइड नामक विश्वका माध्यमिक विद्यार्थीहरुको चिनियाँ भाषा प्रतियोगिता अन्तर्गत नेपाल शाखाको प्रतियोगिता शनिबार बिहान काठमाडौँमा सम्पन्न भएको छ। सो प्रतियोगितामा दसजना नेपाली विद्यार्थीहरुले चिनियाँ भाषामा मन्तव्य दिनु दिनुको साथै नृत्य तथा गीतसँगै उनीहरुलाई सोधेका प्रश्नको जवाफ दिएर क्षमता प्रदर्शन गरेका छन्।

       नेपालका लागि चिनियाँ दूताबासको संस्कृति विभागका प्रमुख छी तान पाइमु,नेपालस्थित चीन सूचना केन्द्रका यिन खुन सुन तथा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष हरिश्चन्द्र शाह लगायतका व्यक्तिहरु सो कार्यक्रममा अतिथिका रुपमा सहभागी भएका थिए।

      सो प्रतियोगिताबाट छनोट भएका दुई जना विद्यार्थीले चीनको भ्रमण गर्ने मौका पाएका छन्। उनीहरुका अनुसार नेपालमा चिनियाँ भाषा दिनप्रदिन लोकप्रिय हुँदै आएको छ।

1  2  3  4  5  6  7  8  9  
जानकारी तथा लेखहरु