फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लोडसेडिङका कारण एक दसशमा नेपालले ७ प्रतिशत आर्थिक वृद्धि गुमायो

(GMT+08:00) 2018-08-05 15:31:03

चरम ऊर्जा संकट (लोडसेडिङ) लगायतका कारणले एक दशक अवधिमा नेपालले औषत ७ प्रतिशतका दरले आर्थिक वृद्धिको अवसर गुमाएको एक अध्ययनले देखाएको छ। विश्व बैंकले हालै सार्वजनिक गरेको आर्थिक प्रतिवेदनले सन् २००८ देखि सुरु भएको चरम लोडसेडिङले २०१६ सम्म यो अंकको आर्थिक वृद्धिको अवसर गुमाएको उल्लेख गरेको कारोबार अनलाइनले लेखेको छ।

लोडसेडिङले गर्दा औद्योगिक क्षेत्रमा ४८ प्रतिशत लगानी गुमाएको बैंकको अध्ययनले देखाएको छ। अध्ययनअनुसार प्रत्येक वर्ष औषतमा कुल मागको २० प्रतिशत विद्युत् आपूर्ति हुन नसक्दा लोडसेडिङ नै नेपालको औद्योगिक विकासको मूख्य बाधक बनेको विश्व बैंकको ठहर छ। बैंकले नेपालको औद्योगिक उत्पादन र जनजीविकालाई मध्यनजर गर्दै हालको अवस्थामा नेपाल विद्युत् प्राधिकरणले औद्योगिक लोडसेडिङसमेत हटाएको छ। लोडसेडिङ नभएको अवस्थामा नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत माथि हुने प्रतिवेदनमा उल्लेख छ।

यस्तै, लगानी बढ्न गइ आर्थिक गतिविधिमा बढवा दिने तथा लोडसेडिङ हटेका कारण औद्योगिक उत्पादन विस्तार हुने अनुमान बैंकले गरेको छ। केन्द्रीय तथ्यांक विभागले वार्षिक प्रतिवेदनमार्फत कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा ५.८९ प्रतिशतले बढेर ३० खर्ब माथि पुगेको दाबी गरेको छ। चालू मूल्यअनुसार कुल उत्पादन आधारभूत मूल्यमा ४२ खर्ब ६ अर्ब पुगेको र कुल मध्यवर्ती उपभोग र उपभोक्ताको मूल्यमा १४ खर्ब ८६ अर्ब १९ करोड १० लाख पुगेको सरकारी निष्कर्ष छ। सरकारले चालू आर्थिक वर्षमा औद्योगिक क्षेत्रको विस्तार ८ प्रतिशत हुने अनुमान गरिएको छ।

चालू आवमा औद्योगिक क्षेत्रको वृद्धि १२ प्रतिशत हुने प्रक्षेपण सरकारको छ। ८ प्रतिशत आर्थिक वृद्धिलाई औद्योगिक क्षेत्रले पुरा गर्ने लक्ष्य सरकारले लिएको छ। चालूु आर्थिक वर्ष ०७५-०७६ मा साना र ठुला १८ आयोजना सम्पन्न भई प्रणालीमा ७५४ मेगावाट बिजुली थप हुने र त्यसबाट सरकारको चाहेको आर्थिक वृद्धिको लक्ष्य पुरा हुने सरकारको दाबी छ। केन्द्रीय तथ्याँक बिभागको तथ्याँक अनुसार चालू मूल्यमा बस्तु तथा सेवाको खुद निर्यात ११ खर्ब ५ अर्व ८ करोड ८० लाख र बिप्रेषण ७ खर्ब २९ अर्ब २४ करोड २० लाख रहेको छ।

 

जानकारी तथा लेखहरु