फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्रीसमक्ष प्रज्ञा–प्रतिष्ठानको प्रतिवेदन पेस

(GMT+08:00) 2018-08-05 15:33:30

प्रधानमन्त्री एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीसमक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानको दुई वर्षको वार्षिक प्रतिवेदन पेस गर्नु भएको छ। प्रतिष्ठानका कुलपति उप्रेतीबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीले प्रतिष्ठानका तर्फबाट दुई वर्षको प्रतिवेदन एकैसाथ बुझाइनुले सरकार–प्रतिष्ठान दूरी बढेको महसुस भएको उल्लेख गर्दै अब यस्तो नहुने बताउनु भएको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ। 'कवि नभए पनि कविमन भएको सरकार छ', उहाँले भन्नुभयो, 'प्रतिष्ठानले गरेका सबै कार्य सकारात्मक छन्। प्रतिष्ठानको प्रयासमा सरकारले सहयोग गर्छ।' उहाँले मुलुकको अबको यात्रा समृद्धिको रहेको भन्दै समयसापेक्ष साहित्य लेखिनुपर्नेमा जोड दिनुभयो।

कुलपति उप्रेतीले दुई वर्षमा ९३ वटा अध्ययन अनुसन्धानको काम भएको जनाउँदैप्रतिष्ठानले दुई वर्षमा देशभर एक सय १४ वटा गोष्ठी, सम्मेलन, कार्यशाला र अनुसन्धान गराएको उल्लेख गर्नुभयो। उहाँले सीमित स्रोतसाधनका बीच पनि प्रज्ञा–प्रतिष्ठानले उल्लेख्य उपलब्धि हासिल गरेको दाबी गर्नुभयो।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, उपकुलपति डा. विष्णुविभु घिमिरे, मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरी र प्राज्ञ परिषद्का सबै सदस्यको उपस्थिति थियो।

 

जानकारी तथा लेखहरु