फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारत-नेपाल तेल पाइपलाइन अन्तर्गत नेपालतर्फ १६ किमि पाइप ओछ्याइयो

(GMT+08:00) 2018-08-06 14:32:10

अमलेखगन्ज–रक्सौल–मोतीहारी तेल पाइपलाइन परियोजनाअन्तर्गत नेपालतर्फ १६ किमि पाइप ओछ्याइएको छ । भारततर्फ भने २४ किमि पूरा भइसकेको छ। उता काम द्रुत गतिमा छ। पाइपलाइन प्रोजेक्टका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार नेपालतर्फ वीरगन्जस्थित नेपाल–भारत सीमादेखि आयल निगमको अमलेखगन्ज डिपोसम्म गरी ३६ किमि पाइप ओछ्याउनुपर्नेमा १६ किमि सम्पन्न भएको हो। पथलैया काँटादेखि सिमरा हुँदै जीतपुरसम्म र वीरगन्जको बाइपास क्षेत्रमा बढी काम भएको छ।

वीरगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा १ किमि, जीतपुर बजार, परवानीपुर बजार र पथलैया काँटादेखि उत्तर राष्ट्रिय वन र पर्सा राष्ट्रिय निकुञ्जको वनक्षेत्र हुँदै अमलेगन्जसम्म पूरै काम बाँकी छ। परियोजनाअन्तर्गत फागुन २५ देखि पाइपलाइन ओछ्याउन गरिएको थियो। पाइपलाइनको अधिकांश भाग हाल निर्माणाधीन वीरगन्ज–पथलैया व्यापारिक मार्गमा पर्छ। हाल उक्त मार्ग ६ लेनमा बिस्तार हुँदैछ। सडकसँगै पाइप लाइन पनि पुरिनेछ। पाइप जमिनमुनि अढाई मिटर गाडिनेछ। नदी र क्रसिङ परेका स्थानमा नदी तथा जमिनमुनिबाट पाइप ड्रिल गरी लाइन बिस्तार गरिनेछ ।

पाइप लाइन ओछ्याउने र वेल्डिङ गर्ने कामको ठेक्का भारत महाराष्ट्रको लिखित इन्फ्रास्टक्चर प्रालिले लिएको छ। परियोजनामा महाराष्ट्रको सिमलेश लिमिटेडले उत्पादन गरेको स्टिल पाइप प्रयोग गरिदैछ। अमलेखगन्जस्थित आयल निगम डिपोमा ४ वटा ट्यांकीको स्तरोन्नति पनि भइरहेको छ।

जानकारी तथा लेखहरु