फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्वदेशी उत्पादकत्व बढाउन कृषिजन्य वस्तु आयातमा राजस्व थप्ने योजना

(GMT+08:00) 2018-08-06 14:33:54

कृषिजन्य वस्तु आयातका कारण स्वदेशी उत्पादनले बजार नपाउने अवस्था आएपछि सरकारले कृषि र दुग्ध पदार्थ आयातमा राजस्व बढाउने तयारी गरेको छ। स्वदेशी उत्पादनको खपत बढाउन यस्तो कदम चाल्ने तयारी भएको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो। उहाँका अनुसार संघीय र प्रदेश मन्त्रीस्तरमा यस विषयमा समझदारी भइसकेको छ।

मुलुक आत्मनिर्भर भइसकेका वस्तुको आयात निरुत्साहित गर्न राजस्व बढाउने तयारी भएको हो। बाहिरबाट कृषिजन्य उत्पादन र कच्चा पदार्थ आयात हुँदा स्वदेशी उत्पादन खपत हुन नसकेकाले यस्तो गर्न लागिएको मन्त्री आङ्बोले बताउनुभयो।

'संघीय अर्थ, वाणिज्य, कृषिमन्त्री र प्रदेशका अर्थमन्त्रीबीच यस किसिमको समझदारी भएको छ। गोलभेंडा, दुग्घ उत्पादनको बिक्रीमा देखिएको समस्यालाई दृष्टिगत गर्दै आयातित सामानमा भन्सार बढाउन खोजिएको हो,' आङ्बोले भन्नुभयो, 'समग्र कृषि क्षेत्रमा देखिएको समस्या समाधानको प्रयास अघि बढाएका छौं।'

तीनवटा काम एकसाथ अघि बढाइएको भन्दै उहाँले भारत जाने कृषि उत्पादनको सूची थप्ने, नेपाली बजारलाई असर पार्ने गरी हुने आयातमा भन्सार बढाउने र किसानका समस्या फिल्डमै गएर पहिचान गरी समाधानको प्रयास गर्ने काम अघि बढाइएको बताउनुभयो।

जानकारी तथा लेखहरु