फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पछिल्लो एक दशकमा मुलुकको व्यापार घाटा वार्षिक एक खर्बले बढ्दै

(GMT+08:00) 2018-08-07 15:13:00

पछिल्लो एक दशकमा मुलुकको व्यापार घाटा वार्षिक एक खर्बले बढ्दै गएको छ। १० वर्षअघि एक खर्ब ५४ अर्ब रहेको व्यापार घाटा गत आर्थिक वर्षमा आइपुग्दा ११ खर्ब ६२ अर्ब पुगेको छ। यस हिसाबले हेर्दा १० वर्षमा व्यापार घाटा १० खर्बले बढेको देखिन्छ।व्यापार घाटा हरेक वर्ष झण्डै समानान्तर रुपमा बढिरहेको भन्सार विभाग, तथ्यांक शाखाका निर्देशक विनोद आचार्यले बताउनुभयो। निर्यात सामान्य र आयात उच्च दरले वृद्धि हुँदा वार्षिक व्यापार घाटा हरेक वर्ष बढ्दै गएको हो।

भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष ०६३÷६४ मा कुल व्यापार घाटा एक खर्ब ५४ अर्ब ४८ करोड रुपैयाँ थियो। विभागले पछिल्लोपटक सार्वजनिक गरेको गत आव ०७४÷७५ को तथ्यांकमा कुल व्यापार घाटा ११ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको उल्लेख नागरिकन्यूज डटकमले जनाएको छ।

आर्थिक वर्ष ०६३-६४ मा कुल वैदेशिक व्यापार दुई खर्ब ७३ अर्ब ३६ करोडभन्दा माथि थियो। यसमा आयातको हिस्सा दुई खर्ब १३ अर्ब ९२ करोड र निर्यातको ५९ अर्ब ४३ करोड ५५ लाख थियो। सो वर्ष भारतबाट एक खर्ब २९ अर्ब ३९ करोडको आयात भएको थियो। भारततर्फको निर्यात ४० अर्ब ९७ करोडमा सीमित रहेको विभागको तथ्यांकमा उल्लेख छ।

एक दशकमा मुलुकको वार्षिक व्यापार घाटा ११ खर्ब ६२ अर्बभन्दा माथि पुगेको छ। नेपालको मुख्य व्यापार भारत र चीनसाथै फ्रान्स, भियतनाम, युएई, थाइल्यान्ड लगायत एक सय ५३ भन्दा धेरै देशसँग व्यापार छ। भारतबाट आठ खर्ब १० अर्ब ९० करोडको आयात हुँदा ४६ अर्ब ६० करोडको मात्रै निर्यात भएको छ। चीनबाट एक वर्षमा एक खर्ब ५९ अर्ब ९८ करोडको आयात भएको छ।

जानकारी तथा लेखहरु