फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ऊर्जा संकटले एक दशकमा नेपालको औषत ७ प्रतिशतको वृद्धि गुम्योःप्रतिवेदन

(GMT+08:00) 2018-08-07 15:14:03

चरम ऊर्जा संकट (लोडसेडिङ) लगायतका कारणले एक दशक अवधिमा नेपालले औषत ७ प्रतिशतका दरले आर्थिक वृद्धिको अवसर गुमाएको एक अध्ययनले देखाएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको आर्थिक प्रतिवेदनले सन् २००८ देखि सुरु भएको चरम लोडसेडिङले २०१६ सम्म यो अंकको आर्थिक वृद्धिको अवसर गुमाएको उल्लेख गरेको कारोबार अनलाइनले लेखेको छ।

लोडसेडिङले गर्दा औद्योगिक क्षेत्रमा ४८ प्रतिशत लगानी गुमाएको बैंकको अध्ययनले देखाएको छ । अध्ययनअनुसार प्रत्येक वर्ष औषतमा कुल मागको २० प्रतिशत विद्युत् आपूर्ति हुन नसक्दा लोडसेडिङ नै नेपालको औद्योगिक विकासको मूख्य बाधक बनेको विश्व बैंकको ठहर छ। बैंकले नेपालको औद्योगिक उत्पादन र जनजीविकालाई मध्यनजर गर्दै हालको अवस्थामा नेपाल विद्युत् प्राधिकरणले औद्योगिक लोडसेडिङसमेत हटाएको छ। लोडसेडिङ नभएको अवस्थामा नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशत माथि हुने प्रतिवेदनमा उल्लेख छ।

यस्तै, लगानी बढ्न गइ आर्थिक गतिविधिमा बढवा दिने तथा लोडसेडिङ हटेका कारण औद्योगिक उत्पादन विस्तार हुने अनुमान बैंकले गरेको छ। केन्द्रीय तथ्यांक विभागले वार्षिक प्रतिवेदनमार्फत कुल गार्हस्थ्य उत्पादन वृद्धिदर आधारभूत मूल्यमा ५.८९ प्रतिशतले बढेर ३० खर्ब माथि पुगेको दाबी गरेको छ । चालू मूल्यअनुसार कुल उत्पादन आधारभूत मूल्यमा ४२ खर्ब ६ अर्ब पुगेको र कुल मध्यवर्ती उपभोग र उपभोक्ताको मूल्यमा १४ खर्ब ८६ अर्ब १९ करोड १० लाख पुगेको सरकारी निष्कर्ष छ। चालू आर्थिक वर्षमा औद्योगिक क्षेत्रको विस्तार ८ प्रतिशत हुने अनुमान गरिएको छ ।

जानकारी तथा लेखहरु