फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंको फोहोरमैला व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी

(GMT+08:00) 2018-08-08 14:42:41
सरकारले काठमाडौं उपत्यकाको फोहोरमैला संकलन तथा व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई तीन महिनाभित्रै सुम्पिने तयारी गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मंगलबार बसेको सर्वपक्षीय भेलाले काठमाडौं महानगरपालिकासहित १० वटा स्थानीय निकायको फोहोरमैला संकलन र व्यवस्थापनको जिम्मेवारी नेप वेस्ट प्रालिलाई दिने तयारी छ।

संघीय मामिला तन्य प्रशासनमन्त्री लालबाबु पण्डितको उपस्थितिमा भएको सर्वपक्षीय भेलामा सरोकारवाला निकायबीच दुई बुँदे प्रारम्भिक निर्णय भएको छ। प्रारम्भिक निर्णयमा काठमाडौं महानगरपालिकाले उपत्यकमा उठाउँदै आइरहेको फोहोरमैला तीन महिनाभित्रै सम्झौतापत्रमा हस्ताक्षर गरेर निजी क्षेत्रको नेप वेस्ट प्रालीलाई उठाउन दिइनेछ। निर्णयको दोस्रो बुदाँमा नुवाकोटको बञ्चरेडाँडामा नयाँ ल्याडफिल्ड तयार नभएसम्म फोहोरमैला व्यवस्थापन गर्नका लागि एक उच्चस्तरीय कार्यदल गठन गरेर वैकल्पिक स्थानको खोजी गरिने उल्लेख छ।

प्रारम्भिक निर्णयमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, नेप वेस्टका संगीता श्रेष्ठ लगायतले हस्ताक्षर गरेका छन्। यसअघि निजी क्षेत्रलाई फोहोरमैला संकलन तथा व्यवस्थापन गर्ने विषयमा काठमाडौं महानगरपालिकाले राय नपठाएकाले निजी क्षेत्रले काम गर्ने बाटो खुलेको थिएन।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले परियोजना विकास सम्झौताको राय नदिँदा सो सम्बन्धी काम अड्किएको थियो।

जानकारी तथा लेखहरु