फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मुख्य दातृ निकाय विश्व बैंकले नेपाललाई दिने सहयोग बढाउने

(GMT+08:00) 2018-08-08 14:43:06

मुख्य दातृ निकाय विश्व बैंकले नेपाललाई दिने सहयोग बढाउने भएको छ। सन् २०१९ देखि ०२३ सम्मको देशीय साझेदारी खाका(कन्ट्रि पार्टनरशीप फ्रेमवर्क)मा दीर्घकालिन लगानी वार्षिक १५ प्रतिशत बढाउने उल्लेख गरिएको छ।

सार्वजनिक संस्थाको सुधारदेखि रोजगारी सिर्जनासम्मका कार्यक्रममा प्रत्येक वर्ष सहयोग बढाउँदै जाने उल्लेख गरिएको उक्त दस्तावेजलाई अन्तिमरुप दिन अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंकको निमन्त्रणामा अमेरिका पुगेकाछन्।

अहिले २३ परियोजनामा २ अर्ब ७० करोड अमेरिकी डलर लगानी रहेको छ। विभिन्न क्षेत्रका चालु ति आयोजनासँगै अन्य क्षेत्रमा पनि विश्व बैंकले लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

बैंकले विशेषगरी तीन क्षेत्रमा लगानी गर्ने भएको छ। सार्वजनिक संस्था सुदृढिकरण, निजी क्षेत्रको रोजगारी बृद्धि केन्द्रित र समावेसीताको क्षेत्रमा लगानी गर्ने उसको प्रतिबद्धता रहेको सेतोपाटी अनलाइनले जनाएको छ।

पाँच वर्षको सहयोग पछि ९० प्रतिशत कर संलकन रियल टाइममा आउने, सातै प्रदेशमा लैगिंक समानता योजना हुने, २५ जिल्लामा विद्युतीय पञ्जिकरण सुविधा पुग्ने बताइएको छ।

रोजगार केन्द्रित कार्यक्रमको प्रतिफलमा ५ लाखले सुधारिएको उर्जा पाउने, १ हजार २१० किलोमिटर सडक निर्माण÷स्तरोन्नती हुने, ११ हजार साना तथा मझौला व्यवसायी, ५ सय कृषि उत्पादक समूह, ६ लाख जनता वित्तीय पहुँचमा हुने र ५ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता थपिने विश्व बैंकको विश्वास छ।

जानकारी तथा लेखहरु