फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा मोबाइल निर्यात गर्नेमा चीन पहिलो स्थानमा, भारत तेस्रोमा

(GMT+08:00) 2018-08-09 13:33:31
नेपालमा मोबाइल निर्यात गर्नेमा चीन पहिलो स्थानमा पुगेको छ भने भारत तेस्रोमा छ। गत वर्ष सबैभन्दा बढी फोन चीनबाट आयो। ५४ लाख १३ हजार वटा सेट चीनबाट भित्रिएको विभागको तथ्यांकले देखाउँछ । जुन, १९ अर्ब ७२ करोड मूल्य बराबरको हो । चीनबाट मोबाइल भित्र्याउँदा मात्रै ब्यापारीले २ अर्ब ६८ करोड भन्सार तिरेका छन्।

चीनपछि नेपालमा भियतनामबाट धेरै मोबाइल आउँछ। गत एक वर्षको अवधिमा भियतनामबाट मात्रै ५ लाख १० हजार मोबइल सेट नेपाल आएको देखिन्छ। भियतनामबाट ४ अर्ब ७२ करोड मूल्य बराबरको सेट आउँदा सरकारले ६४ करोड ४९ लाख राजश्व उठाएको छ। मोबाइल धेरै आउने मुलुकको सूचीमा भारत तेस्रो स्थानमा छ। एक वर्षभित्र भारतबाट २ लाख ९५ हजार वटा मोबाइल सेट नेपाल आएका छन्। जसका लागि नेपाली ब्यवसायीले भारतमा ३८ करोड ८६ लाख खर्चिएका छन्।सरकारले भारतबाट भित्रिएका मोबाइलबाट मात्रै ५ करेड १४ लाख रुपैयाँ भन्सार असुल गरेको विभागको तथ्यांकमा देखिन्छ। त्यसबाहेक नेपालले अमेरिका, कोरिया लगायतका मुलुकबाट पनि सानै संख्यामा भएपनि मोबाइल सेट भित्र्याएको छ।

यसैबीच अनलाइनखबरका अनुसार नेपालमा मोबाइलको प्रयोग सर्वब्यापी बन्दै जाँदा आयात पनि तीव्ररुपमा बढिरहेको छ। यो वर्ष मात्रै करिब २५ अर्ब बराबरको मोबाइल नेपाल भित्रिएको छ। गाउँ-गाउँमा पनि स्मार्ट फोनमा आकर्षण बढ्दै जाँदा मोबाइलको प्रयोग र आयात बढेको बढ्यै छ।

जानकारी तथा लेखहरु