फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

२९ अर्ब ३६ करोडको धान आयात, भारतदेखि थाइल्याडसम्मको चामल नेपालमा

(GMT+08:00) 2018-08-09 13:35:22
नेपालमा दिन प्रतिदिन धान आयातको क्रम बढिरहेको एक प्रतिवदेनले देखाएको छ। कृषि तथा सहकारी मन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार नेपालमा हरेक वर्ष धानको खपत बढ्दै गएको र विदेशबाट आयतको क्रम पनि बढेको पाइएको हो। कृषि मन्त्रालयका सचिव डा यूवकध्वज जीसीले नेपालको ग्रामिण इलाकामा मोटरबाटो पुगेकोले चामलको खपत बढिरहेको बताउनुभयो। हरेक ग्रामिण भेगमा मोटर पुग्दासबै भन्दा पहिले चामल जाने गरेको उहाँको भनाइ छ। रैथाने खानेकुरा भन्दा पनि चामललाई ग्रामिण भेगमा मान्छेले प्राथमिकतामा राखेका कारण नेपालमा हरेक वर्ष धानको खपत बढेको उहाँको भनाई छ।

कृषि मन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार ६ वर्षको अवधिमा १ खर्ब ३१ अर्ब ६७ करोड रुपैयाको धान आयात भएको देखाएको छ। प्रतिवेदन अनुसार २०६९/७० मा ४५ लाख ४ हजार ५ सय ३ लाख टन उत्पादन भएको थियो। प्रतिवेदन अनुसार सबैभन्दा बढी भारतबाट आयात भएको छ। आयातित धान मध्ये ५० प्रतिशत भारतबाट र ४० प्रतिशत जापान बाट आयात भएको छ। जापानबाट भने चामल आयात हुने गरेको जनाएको छ। यस्तै, १० प्रतिशत थाइल्याण्डबाट आयात भएको देखिएको हो। मन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार नेपालबाट भारतमा धान विक्रि नभएको उल्लेख छ। नेपालको भन्सार कार्यालयबाट मन्त्रालयले लिएको सूचनामा नेपालको धान विदेश नगएको प्रतिवेदनले उल्लेख गरेको नेपालखबर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु