फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ भाषा शिक्षक प्रशिक्षक तालिम काठमाडौं विश्वविद्यालयमा शुरू

(GMT+08:00) 2018-08-09 16:16:17

नेपालमा चिनियाँ भाषा सिकाउने नेपाली शिक्षकहरूका लागि प्रशिक्षण तालिम काठमाडौं विश्वविद्यालयमा बिहीबारदेखि शुरू भएको छ। विगत केही वर्षदेखि नेपालमा चिनियाँ भाषा लोकप्रिय हुँदै आएको सन्दर्भमा पहिले पहिले चिनियाँ भाषा सिकेकाहरूले पनि नयाँ विद्यार्थीलाई भाषा सिक्न सहयोग गरिरहेको देखिन्छ।

नेपाली शिक्षक शिक्षिकालाई प्रशिक्षण दिने ध्येयले काठमाडौं युनिभर्सिटी अफ कन्फ्युसियस कलेज, सिआरआई कन्फ्युसियस क्लासरूम, नेपालमा क्रियाशील चिनियाँ भोलुन्टियर होम, चाइनिज एजुकेशन एसोसियसन लगायतले यस योजनाको संयोजन गरेका हुन्।

प्रशिक्षण उद्घाटन समारोहमा काठमाडौं विश्वविद्यालयका उपकूलपति प्रा.डा.रामकण्ठ माकाजुले भन्नुभयो- 'भाषाका कारण नेपाल-चीन सम्बन्धमा अझ गहनता थपिएको छ।'

उद्घाटन समारोहमा बोल्दै नेपालका लागि चिनियाँ राजदूत यू होङले चिनियाँ भाषाको सहज उपलब्धताले चीनबारे बुझ्नका लागि नेपालीलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो- 'भाषाको सहजताका कारण चीन बुझ्न सजिलो भएको छ।'

उद्घाटन समारोहमा चिनियाँ संगीत तथा नाचगान पनि प्रस्तुत गरिएको थियो।

जानकारी तथा लेखहरु