फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र म्यानमारबीच दुई–पक्षीय ब्यापार प्रवर्द्धनबारे छलफल

(GMT+08:00) 2018-08-10 14:53:37

म्यानमारको व्यापारिक प्रतिनिधि मण्डल र नेपाल चेम्बर अफ कमर्सबीच दुई–पक्षीय ब्यापार प्रबद्र्धन गर्ने बिषयमा छलफल भएको छ। चेम्बर भवन कान्तिपथमा सम्पन्न उक्त छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–म्यानमार ब्यापारलाई थप प्रबद्र्धन गर्नुपर्ने बताउनुभयो।

कृषि, पर्यटन र जलबिद्दुतमा म्यानमारका नीजि व्यवसायीहरुको लगानीको लागि उहाँले अनुरोध गर्नुभयो । लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो, "म्यानमारका अधिकांश जनताले बुद्द धर्मलाई अनुशरण गर्ने र भगवान गौतम बुद्दको जन्मस्थल लुम्बिनी भएकोले धर्म र संस्कृतिको माध्यमबाट पनि दुई देशलाई जोड्न सकिने प्रशस्त आधारहरु छन् ।'

म्यानमारको व्यापारिक प्रतिनिधि मण्डलका प्रमुख यूको कोलाटले नेपाल गोर्खा आर्मी, सगरमाथा र लुम्बिनीको माध्यमबाट संसारमै चर्चित रहेकोले नेपालमा ब्यापार प्रबर्दन मात्र होइन, यहाँको बहु–आयामिक संस्कृति र प्राकृतिक वातावरणबाट संसारले लाभ लिन सक्ने कुरा बताउनुभयो ।

सो कार्यक्रममा बाह्र जना म्यानमारका ब्यापारीहरु र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

जानकारी तथा लेखहरु