फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनबाट रोजगारको स्थिरतालाई अझ प्राथमिकता दिने

(GMT+08:00) 2018-08-10 19:09:45

जुलाई महिनामा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनैतिक व्यूरोको बैठकले उत्तरार्धको आर्थिक कार्ययोजना बनाउँदै रोजगारको स्थिरतालाई अझ महत्वपूर्ण स्थानमा राख्ने निर्णय गरेको छ। उक्त बैठकमा रोजगार, बैकिङ्ग, वैदेशिक व्यापार, वैदेशिक लगानी र अपेक्षाको स्थिरता भन्ने विषय पहिलोपटक प्रस्तुत गरिएको छ। जसले स्थिरताका साथ अर्थतन्त्रको उच्च गुणस्तरीय विकासलाई अगाडि बढाउने संकेत गरेको छ।

विश्लेषण अनुसार, भविष्यमा चीनले सेवा व्यवसायको विकासद्बारा रोजगारीलाई बढाउनेछ।

यसै पूर्वार्धमा चिनियाँ शहर तथा गाउँ-बस्तिमा कुल ७५ लाख २० हजार वटा रोजगारी थपिएको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा १ लाख ७० हजार बढेको छ। रोजगारको पैमाना बढ्नुका साथै ढाँचाको क्रमशः सुधार भई ज्याला स्तरको वृद्धि पनि कायम राखेको छ।

जानकारी तथा लेखहरु