फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा नयाँ औद्योगिक क्षेत्रमा उद्योग खोल्न चिनियाँ र भारतीय लगानीकर्ता इच्छुक

(GMT+08:00) 2018-08-18 19:07:14
सरकारले घोषणा गरेको नयाँ औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न करिब दुई हजार पाँच लगानीकर्ता इच्छुक देखिएका छन्। घोषणा गरिएका सातवटा औद्योगिक क्षेत्रमा चिनियाँ र भारतीयसहित दुई हजार पाँच सय उद्योग स्थापना गर्न लगानीकर्ताले इच्छा व्यक्त गर्दै आशयपत्र पेस गरेका हुन्।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नयाँ औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि लगानीकर्तासँग गत असार १७ गते ३० दिने म्याद राखेर आशयपत्र माग गरेको हो ।

प्रस्तावित औद्योगिक क्षेत्रमा कृषि, अटोलगायतका मेसिनरी उद्योग, इलेक्ट्रिकल, फिटिङ, राइस मिल, कपडा, औषधि उत्पादन, सूचना प्रविधिलगायतका सेवा उद्योगहरू स्थापनाका लागि आशयपत्र परेको छ ।

छ महिनाभित्रमा विस्तृत परियोजना प्रस्ताव (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) सम्पन्न गर्ने गरी काम भइरहेको ती औद्योगिक क्षेत्रहरूमा लगानीकर्ताहरूको प्रारम्भिक तथ्याङ्क सङ्कलनका लागि आशयपत्र माग गरिएको थियो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको योजना तथा विकास महाशाखाका इन्जिनियर अमृत शाहीले के कति सङ्ख्यामा र के कस्ता प्रकृतिका सम्भाव्य उद्योगमा लगानी गर्न इच्छुक छन् सोही आधारमा औद्योगिक क्षेत्रमा आवश्यक पूर्वाधार र संरचना निर्माण गर्न आशयपत्र माग गरिएको बताउनुभयो। चिनियाँ र भारतीय लगानीकर्तासमेत उद्योग स्थापनामा इच्छुक छन्।

जानकारी तथा लेखहरु