फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सामाजिक मर्यादाविपरीत सूचना माग्नु अनुचितः प्रधानमन्त्री ओली

(GMT+08:00) 2018-08-19 15:55:35

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्मअनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गर्नु भएको छ। तर, सूचनाको हक प्रयोग गर्दा आफ्नो कर्तव्यको पनि ख्याल गर्न सचेत गराउनु भएको अनलाइन खबरले लेखेको छ। राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कानुनी प्रक्रिया अनुसरण गरी सूचनाको हक उपयोग गर्न आग्रह गर्नु भएको छ।

राज्यका कामकारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सूचनामा आमनागरिकको पहुँच हनुपर्छ भन्ने सरकारको धारणा रहेको उहाँले बताउनु भएको छ। 'कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुनेतर्फ समेत सजग गराउँछु,' प्रधानमन्त्री ओलीले भन्नुभएको छ।

सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सूचना माग्नु उचित नहुने प्रधानमत्री ओलीको सन्देशमा उल्लेख छ।

सरकार पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र जवाफदेहीताको संस्कृतीमा आधारित भएर सुशासनलाई अघि बढाइरहेको उहाँले बताउनु भएको छ।

जानकारी तथा लेखहरु