फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाढीले बाह्रबिसे–तातोपानी जोड्ने पुल बगायोे

(GMT+08:00) 2018-08-19 15:57:39

गत शुक्रबार रातिको वर्षाले धकेलिएको पुलमा साँधीखोल्चा थुनिदाँ बाह्रबिसे–तातोपानी जोड्ने पुल बगाएको छ। शनिबार राति पुल बगाए पछि बाह्रबिसे देखि तातोपानी सीमासितको सम्पर्क टुटेको कान्तिपुर अनलाइनले लेखेको छ। आइतबार बाह्रबिसे नगरपालिकाको बाह्रबिसे र खुर्सानीबजार जोड्ने पुल भीरकुना र कोसिनडाँडा हुँदै आउने साँधीखोल्साले क्षतिग्रस्त बनाएको थियो। पुलमा ठूला ढुंगा आए पछि खोला थुनिएर बजारमा पसेको थियो। बेलुकी १० बजेतिर पुल बगाएपछि सबैतिर भागभाग बनाएको स्थानीय राजेन्द्र श्रेष्ठले बताउनुभयो।

'भीषण वर्षासगै साँधीखोल्सा थुनिएर बेलुकी ठूलो आवाज आएको थियो,' आफ्नो पसलभित्रै लेदो र भल पसेपछि सफा गरिरहेका राजेन्द्र श्रेष्ठले भन्नुभयो, 'त्यसपछि सडकमा खोला बग्यो अनि बगर बन्यो, डरले कतिपय झोलीतुम्बा कसेर भागे।' उहाँले बजारक्षेत्रभर लेदो पसेर नदी बनेपछि बजारभर हाहाकार मच्चिएको बताउनुभयो। तीन इन्च उता सरेको पुलको स्लापसँगै लेदो सबै साँधीखोल्साले बगाएर भोटेकोसी छेउमा थुपारेको छ। जसले कोसी थुनिने सम्भावना बढेको स्थानीयको भनाइ छ।

भीरकुनाबाट झरेको पुरा पहिरो यहाँ आइसकेको छैन्, त्यसैले जोखिम झन् बढ्दै छ। बजारका अधिकांश पसलमा भित्र पानीको बहाव पसेर क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। स्थानीय पसलभित्र पसेका हिलो पन्छाउन र हिलोमै फसेका सवारीसाधन निकाल्न व्यस्त छन्। साँधीखोल्सा वरीपरी रहेका झण्डै ६ घरमा अत्यधिक क्षति पुगेको छ। छेउका ४ घर उच्च जोखिममा छन्।

सडकमा गिर्खा, बालुवा र हिलोले क्षतिग्रस्त बनाएपछि एक्जाभेटरबाट पन्छाउने प्रयास भइरहेको छ। नदि छेउको वरीपरीका संरचना तहसनहस बनाउन थाले लगत्तै भोटेकोशीको सतह बढेपछि स्थानीयमा त्रास फैलिएको प्रहरीले जनाएको छ।

नगरक्षेत्रभर बाढी र पहिरोको त्रासले कोलाहल मच्चाउन थालेपछि प्रहरीलाई चौकन्ना बनाइएको इलाका प्रहरी बाह्रबिसे प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले बताउनुभयो। 'बजारक्षेत्रमा यस्तो घटना घटेपछि सबैलाई सर्तक गराउने कार्यमा अग्रसर भएका छौ, सुरक्षा र उद्धारको लागि प्रहरी तयार छन् ,' उहाँले भन्नुभयो। उहाँले भौतिक क्षतिको तंथ्याक संकलन भइरहेको बताउनुभयो।

जानकारी तथा लेखहरु