फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

उत्तर कोरियाली दैनिक पत्रिकाले ट्रम्पलाई उत्तर कोरिया-अमेरिका सम्बन्ध सुधार गर्न आह्वान

(GMT+08:00) 2018-08-19 15:59:20
उत्तर कोरियाको "रोतोङ सिमुन"दैनिक पत्रिकाले हिजो अगष्ट १८ तारिख एउटा टिपणी प्रकाशित गर्दै स्वदेशको केही विरोधी शक्तिको वावजुद पछि नहट्ने, बरु उत्तर कोरिया र अमेरिका बीचको वर्तमान सम्बन्धको अलमल अवस्थालाई तोड्न तथा द्वीपक्षीय सम्बन्धमा सुधार गर्नका लागि दृढ सङ्कल्प गरी पाइला चाल्नसक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आह्वान गरेको छ।

सो टिपणीका अनुसार,सिंगापुरमा उत्तर कोरिया तथा अमेरिकाका नेता बीचको भेट-वार्तापछि उत्तर कोरिया तथा अमेरिकाले संयुक्त वक्तव्य प्रकाशित गर्दा समस्त विश्वले स्वागत गरेको थियो। तथापि त्यसपछि आजसम्मको दुई महिनामा उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्धमा गतिरोध रहेको छ। अमेरिकाको आन्तरिक राजनीतिक द्वन्द्वले निम्त्याएको निश्क्रिय असरका कारण यस्तो परिस्थिति भएको छ।

उत्तर कोरियाली र अमेरिकाकी नेताले जुन १२ मा सिंगापुरमा गरेको भेट-वार्ता र त्यसपछि संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नुभएको थियो। संयुक्त वक्तव्यका अनुसार, उत्तर कोरिया तथा अमेरिकाले "नयाँ खालको उत्तर कोरिया-अमेरिका सम्बन्ध"गर्ने र कोरियाली प्रायद्वीपको स्थायी शान्ति स्थापना गर्न प्रयास गर्ने जनाएका थिए।

जानकारी तथा लेखहरु