फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले अफ्रिकामा दुई हजारभन्दा बढी चिकित्सक पठायो

(GMT+08:00) 2018-08-19 16:00:07
राष्ट्रिय चिनियाँ औषधी व्यवस्थापन व्यूरोका प्रमुख यु वन मिनले हिजो अगस्ट अठार तारिख चीन सरकारले चिकित्सा, बैज्ञनिक अध्ययन र स्वास्थ्यलाई सुधार गर्ने विभिन्न उपायमार्फत अफ्रिकी जनतालाई चिनियाँ चिकित्सा र औषधि दिइरहेको छ। अफ्रिकामा दुई हजारभन्दा बढी चिनियाँ डाक्टर पठाइएको जानकारी उहाँले दिनुभयो।

सोही दिन आयोजित चीन अफ्रिका स्वास्थ्य सहयोग उच्चस्तरीय सम्मेलन अन्तर्गत चीन अफ्रिका परम्परागत औषधि सहयोग विशेष मञ्चमा प्रमुख युले सो जानकारी दिनुभएको हो। चीन सरकारले घाना, तान्जानिया, कोमोरोस, मलावी, इथियोपिया आदि अफ्रिकी मुलुकसँग परम्परागत औषधि सहयोग सन्धिलाई हस्ताक्षर गरेको प्रमुख युले बताउनुभयो।

चिनियाँ चिकित्सा र औषधिले अफ्रिकी मुलुकमा अफ्रिकी जनताको स्वास्थ्यलाई सुधार गर्ने, गम्भीर सुरुवा रोगको प्रतिरोध गर्ने आदि क्षेत्रमा सक्रिय योगदान दिएको पनि प्रमुख युले उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु