फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जर्मनी र रुसी राष्ट्रनायकबीच केही कष्टपूर्ण समस्याबारे वार्ता

(GMT+08:00) 2018-08-19 16:00:29
जर्मनी चान्स्लर एंगेला मर्केलले हिजो अगस्ट अठार तारिख उत्तरी बर्लिनको सानो जिल्ला मेसबर्गमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको छ। दुई पक्षले युक्रेनको परिस्थिति, सीरिया द्वन्द्व र 'नर्ड स्ट्रिम-दोस्रो'ग्यास सुरुङ परियोजना लगायत कठिन समस्याबारे छलफल गर्नुभएको छ।

चान्स्लर मर्केलले वार्तापछि आयोजित पत्रकार सम्मलेनमा वार्तामा पूर्वी युक्रेनको परिस्थितिबारे छलफल भएको बताउनुभयो। मिन्स्क सन्धिको आधारमा संयुक्त राष्ट्र संघको सुरक्षा सेना पठाएर पूर्वी युक्रेनमा तैनाथ गर्ने सम्भावना रुसी राष्ट्रपति पुटिनसँग छलफल गर्ने उहाँले जानकारी दिनुभयो।

सिरियाको द्वन्द्वबारे चर्चा गर्दै चान्स्लर मर्केलले जोड दिँदै मानवीय प्रकोपबाट बचाउनुपर्ने बताउनुभएको छ। राष्ट्रपति पुटिनले युरोपले सिरियामा मानवीय सयहोग गरेर सिरियाका शरणार्थीले आफ्नो घरमा फर्कने वातावरण बनाउन ताकिता लगाउनुभएको छ।

जानकारी तथा लेखहरु