फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ युगमा चिनियाँ सेनामा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व तथा निर्माण कार्यलाई सबल पार्नुपर्ने कुरामा सी चिनफिङको जोड

(GMT+08:00) 2018-08-19 19:08:07
चीनको केन्द्रीय सैन्य आयोगले चिनियाँ कम्युनिष्ट पार्टीको निर्माण कार्य सम्मेलन अगष्ट १७ देखि १९ तारिखसम्म पैचिङमा आयोजना गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव,चीनका राष्ट्राध्यक्ष एवं चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सो सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

सी चिन फिङले नयाँ युगमा चिनियाँ सेनामा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व तथा निर्माण कार्यलाई सबल पार्नु चिनियाँ कम्युनिष्ट पार्टीको निर्माण सम्बन्धी महान कार्यको आवश्यक्ता हुनुका साथै देश तथा सेनालाई शक्तिशाली बनाउन आवश्यकता पनि हो भन्ने कुरामा जोड दिनुभयो। सम्पूर्ण चिनियाँ सेनाले नयाँ युगमा चिनियाँ विशेषतायुक्त समाजवादी विचार तथा चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशनको भावनालाई चौतर्फी रुपमा कार्यान्वयन गर्नुपर्ने,चिनियाँ सेनाप्रति चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वलाई कायम राख्नुपर्ने,चिनियाँ कम्युनिष्ट पार्टीको चौतर्फी रुपमा कडाका साथ व्यवस्थापन गर्नुपर्ने, नयाँ युगमा चिनियाँ सेनाको जिम्मेवारी राम्रोसँग पूरा गर्नका लागि बलियो राजनीतिक सुनिश्चितता उपलव्ध गराउनुपर्ने कुरा पनि सी चिन फिङले बताउनुभयो।

अगष्ट १७ तारिख सी चिन फिङ पैचिङको चिङसी होटेलमा आयोजित कार्य सम्मेलनमा सहभागी प्रतिनिधिहरुसँग भेटेर सामूहिक फोटो पनि खिच्नुभयो।

जानकारी तथा लेखहरु