फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युवाहरूलाई चीनका राष्ट्राध्यक्ष सी चिनफिङको चिठ्ठी

(GMT+08:00) 2018-08-29 15:12:09

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २८ तारिख "बेल्ट एण्ड रोड"अन्तर्गत युवा उद्यमशीलता र सम्पदा फोरममा सहभागी युवा प्रतिनिधिहरूलाई जवाफी चिट्ठी लेख्नुभएको छ। उहाँले युवाहरू देशको भविष्य हुनुका साथै प्रयास गर्दै मानव भाग्य समुदायको निर्माणका लागि युवाहरूलाई प्रेरित गर्नुभएको छ।

चिट्ठीमा राष्ट्राध्यक्ष सीले लेख्नुभयो-"मबाट "बेल्ट एण्ड रोड" प्रस्तावको प्रस्तुती गरिएदेखिका पाँच वर्षमा विभिन्न पक्षको साझा प्रयासमा "बेल्ट एण्ड रोड"को निर्माण विचारबाट कदमसम्म र आशाबाट वास्तविकतासम्म बनेको छ। र जसले प्रशस्त उपलब्धि हासिल गरेको छ। यो विभिन्न देशका युवाको सक्रिय सहभागितासँग सम्बन्धित रहेको छ।"

उहाँका अनुसार, "बेल्ट एण्ड रोड"को साझा निर्माणले चीन र अफ्रिकाको सहयोगमा बलियो शक्ति थपेको छ।

बेल्ट एण्ड रोड"अन्तर्गत युवा उद्यमशीलता र सम्पदा फोरम गत मे महिना छाङ्ग शा र नान चिङ शहरमा आयोजित भयो। ५१ देशका ७३ जना युवा प्रतिनिधिहरु उक्त फोरममा सहभागी भएका थिए।

जानकारी तथा लेखहरु