फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेल्ट एण्ड रोडसम्बद्ध बौद्धिक सम्पदा अधिकार सम्मेलनमा चिनियाँ राष्ट्राध्यक्ष सीको सन्देश

(GMT+08:00) 2018-08-29 15:13:47

बेल्ट एण्ड रोडसम्बद्ध बौद्धिक सम्पदा अधिकार उच्चस्तरिय सम्मेलन २८ तारिख पैचिङमा शुरू भयो। चीनको राज्य परिषदका सदस्य वाङ योङले सो सम्मेलनको उद्धाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले यसै सम्मेलनको लागि लेख्नुभएको बधाइ सन्देश सुनाउनुभएको छ। साथै उहाँले सम्बोधन पनि गर्नुभएको छ।

आफ्नो सम्बोधनमा वाङले राष्ट्राध्यक्ष सीले 'बेल्ट एण्ड रोड' अवधारणा प्रस्तुत गर्नुभएको ५ वर्षमा सम्बद्ध मुलुकहरू तथा क्षेत्रले बौद्धिक सम्पदा अधिकार क्षेत्रमा आपसी विश्वास गहन पारेको साथै हासिल गरिएका मतैक्यताको आधारमा बौद्धिक सम्पदा अधिकारको सामान्यीकरण सहयोगको पद्धतिलाई सुधार गरेको बताउनुभएको छ। बौद्धिक सम्पदा अधिकार सम्बन्धित कानून तथा नियम, संरक्षण, जाँच तथा दक्ष व्यक्तिको तालिम लगायतका क्षेत्रहरूमा वस्तुगत सहयोग गर्दै प्रशस्त उपलब्धि प्राप्त भएको पनि वाङले उल्लेख गर्नुभएको छ।

बेल्ट एण्ड रोडमा संलग्न क्षेत्रहरूको नवीन विकास तथा आर्थिक समृद्धिको प्रवर्द्धनबारे चर्चा गर्दै वाङले भन्नुभएको छः सम्बद्ध मुलुकहरू तथा क्षेत्र बीचको बौद्धिक सम्पदा अधिकार सम्बन्धित सहयोग अझ व्यापक, घनिष्ट तथा वस्तुगत हुनुपर्छ।

जानकारी तथा लेखहरु